वैशाख १० गते २०८३
09:48: AM
वैशाख १० गते २०८३
09:48: AM

१६ वर्षमै निमा छिरिङद्वारा मनास्लु आरोहणमा कीर्तिमान

असाेज १३ गते २०८२
9:53 am
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–६ लेलेपका निमा छिरिङ शेर्पाले कम उमेरमै ठूलो सफलता हात पारेका छन्। उनी १६ वर्ष चार महिना १८ दिनको उमेरमै गोरखामा रहेको ८,१६३ मिटर उचाइको मनास्लु हिमाल आरोहण गरेर कीर्तिमान कायम गरेका हुन्।

इलाइट ट्रेक्स एण्ड एक्सपिडिसनका प्रबन्धक मिङमा डेभिड शेर्पाका अनुसार निमा हालसम्मकै सबैभन्दा कम उमेरमा मनास्लु आरोहण गर्ने किशोर बनेका हुन्। यसअघि सङ्खुवासभाका निमारिञ्जि शेर्पाले १६ वर्ष पाँच महिना १२ दिनको उमेरमा सो हिमाल आरोहण गरेर रेकर्ड बनाएका थिए। निमा छिरिङले आफ्नै नातेदारको यो कीर्तिमान तोडेका हुन्।

निमा छिरिङ आइतबार बिहान सफलतापूर्वक शिखरमा पुगेका इलाइट कम्पनीले जनाएको छ। हिमाल आरोहणमा नयाँ पुस्ताको सहभागिता बढ्दै गएको सन्दर्भमा उनको यो उपलब्धि युवापुस्ताका लागि प्रेरणादायी मानिएको छ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo