श्रावण ५ गते २०८३
05:11: AM
श्रावण ५ गते २०८३
05:11: AM

पाथीभरा क्षेत्रमा तोडफोड प्रति Gen Z को आपत्ति

भाद्र २७ गते २०८२
6:31 pm
Author Avatar
फक्ताङलुङ दर्पण

पाथीभरा मन्दिर क्षेत्र र नगर क्षेत्रमा हालै भएको तोडफोड घटनाप्रति Gen Z ताप्लेजुङ नेपालले गम्भीर आपत्ति जनाएको छ।

फुङ्लिङ नगरपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई बुझाइएको विज्ञप्तिमा उनीहरूले तोडफोडलाई लोकतान्त्रिक मूल्य–मान्यता र जनभावनाविपरीतको कार्य भनेका छन्। विज्ञप्तिमा भनिएको छ, “पारदर्शिता, जवाफदेही नेतृत्व, सुशासन र बलियो लोकतन्त्र हाम्रो मुख्य माग हो। जनताले विश्वास गरेर बनाइएका भौतिक संरचनामा भएको तोडफोडप्रति हामी दुःखित छौँ।”

Gen Z का तर्फबाट जारी विज्ञप्तिमा पाथीभरा क्षेत्रलाई धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको रुपमा सुरक्षित राख्न जोड दिइएको छ। साथै, कुनै पनि सार्वजनिक सम्पत्तिको तोडफोडलाई समर्थन नगरिने स्पष्ट उल्लेख गर्दै दोषीलाई कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ।

Gen Z ले तोडफोडलाई विध्वंसकारी गतिविधि बताउँदै यसले सामाजिक सद्भावमा नकारात्मक असर पार्ने चेतावनी दिएको छ। विज्ञप्तिमा भनिएको छ, “हाम्रो आन्दोलन जनहित र लोकतान्त्रिक अभ्यास सुदृढ बनाउन हो, सार्वजनिक सम्पत्ति नष्ट गर्न होइन।”

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo