ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा लगातार कफ्र्यू जारी गरिएको छ। जेनजी आन्दोलनका कारण सम्भावित हुलदङ्गा र अराजक गतिविधि हुनसक्ने भन्दै बुधबारदेखि कफ्र्यू लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै बेलुकी ७ बजेदेखि शनिबार बिहान ६ बजेसम्म कफ्र्यू लागू हुने जानकारी दिनुभएको छ। पूर्वमा भारत, पश्चिममा संखुवासभा, उत्तरमा चीनको तिब्बत र दक्षिणमा तेह्रथुम तथा पाँचथरसम्मको क्षेत्रलाई कफ्र्यू क्षेत्र तोकिएको छ।
कफ्र्यू अवधिमा भेला, सभा, जुलुस, प्रदर्शन, बैठक, घेराउजस्ता गतिविधि पूर्ण निषेध गरिएको छ। तर, एम्बुलेन्स, बारुणयन्त्र, शवबाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, मानवअधिकारकर्मी र कूटनीतिक नियोगका व्यक्तिलाई भने परिचयपत्रसहित आवतजावतको अनुमति रहनेछ।
कफ्र्यू उल्लङ्घन गर्नेहरूविरुद्ध कानुनी कारबाही हुने प्रशासनले चेतावनी दिएको छ।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
