श्रावण १० गते २०८३
06:02: AM
श्रावण १० गते २०८३
06:02: AM

लोदेन क्षेत्रमा बुकी फूलहरुको आकर्षण

भाद्र ११ गते २०८२
2:49 pm
Author Avatar
फक्ताङलुङ दर्पण

उच्च हिमाली भू–भाग सधैँ प्राकृतिक सौन्दर्यको अनुपम खानी बनेर खडा हुन्छन् । त्यहीँमध्ये ताप्लेजुङको यासा, मिशिला, लोदेन र तोक्पेगोला क्षेत्र अहिले बुकीफूलहरुको आकर्षणले झनै मोहक बनेको छ । अग्ला पहाड, स्वच्छ हावा र हिमालको काखमा रंग–बिरंगका भुईफूलहरु ढकमकाउँदा कोही पनि मोहित नहुने प्रश्नै उठ्दैन ।

लोदेन क्षेत्रमा देखिने बुकी फूलहरु दृश्य आनन्दको विषय मात्र होइनन्, पर्यटक तान्ने महत्वपूर्ण आधार पनि बनेका छन् । स्थानीयदेखि विदेशीसम्मका पर्यटकहरु यहाँको प्राकृतिक सजावटमा रमाउँदै तस्बिर खिच्न र टिकटक, भिडियो बनाउन व्यस्त देखिन्छन् । एउटा फूलसँगै हजारौँ सौन्दर्यको कथा मिसिएको जस्तो लाग्छ । हिउँले छोपिएको पृष्ठभूमिमा फुलेका यी रंगीन फूलहरुले यात्रुको मनमा विशेष अनुभूति दिने गर्छन् ।

यद्यपि, यस क्षेत्रमा पाइने विभिन्न प्रजातिका फूल तथा जडिबुटीहरुको वैज्ञानिक अध्ययन अझै भएको छैन । यदि विस्तृत अनुसन्धान र संरक्षणमा ध्यान दिइयो भने यी फूलहरुबाट पर्यटन प्रवद्र्धन मात्र नभई औषधीय मूल्यका नयाँ सम्भावनाहरु पनि उजागर गर्न सकिन्छ । प्रत्येक वर्ष यहाँका स्थानीयले जडिबुटी संकलन गर्ने गरेका छन्, जसले उहाँहरुको जीविकोपार्जनमा समेत टेवा पु–याएको छ ।

लोदेन र आसपासका तालतलैया तथा सोदुपोखरी क्षेत्रमा फूल फुल्ने मौसममा दृश्य नै फरक हुन्छ । हरियो घाँसे मैदान र रङ्गीचङ्गी फूलहरुको संगमले यहाँ स्वप्निल वातावरण सिर्जना हुन्छ । यही आकर्षणले गर्दा छोटो समयमै लोदेन क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाइमा पर्न पुगेको छ ।

लोदेन क्षेत्रका बुकी फूलहरु सुन्दरता प्रदर्शन गर्ने माध्यम मात्र नभई पर्यटन विकास, जैविक विविधताको संरक्षण र स्थानीय समुदायको जीवनस्तर उकास्ने महत्वपूर्ण आधार बन्न सक्छन् । यसको दीर्घकालीन संरक्षण र प्रचार–प्रसारमा जोड दिइयो भने, यो क्षेत्र एउटा अनिवार्य पर्यटन गन्तव्यका रूपमा अझ मजबुत भएर उभिने निश्चित छ ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo