श्रावण १० गते २०८३
07:47: AM
श्रावण १० गते २०८३
07:47: AM

ताप्लेजुङ गोल्डकपको आन्तरिक तयारी तिव्र

भाद्र ६ गते २०८०
9:41 pm
Author Avatar
फक्ताङलुङ दर्पण


ताप्लेजुङः कोभिड—१९ का कारणले लामो समय रोकिएको ताप्लेजुङ गोल्डकप पूनः सञ्चालनहुने भएसंगै आन्तरिक तयारी तिव्र पारिएको छ । । आउँदो भदौ १४ देखि २१ गते सम्म सञ्चालन हुने करिब दश हजार दर्शक अटाउने गरी बाँसको अस्थायी प्यारापिट निर्माण गरिने लक्ष्यका प्रक्रिया तिव्र गतीमा अगाडी बढाएको छ ।


प्रतियोगिता संचालन गर्न देवराज गुरुङको अध्यक्षतामा ४३ सदसीय सञ्चालक समिति गठन गरेरसंगै प्रतियोगिताको प्रक्रियाहरु अगाडी बढाएको हो । ताप्लेजुङका २०२९ साल देखि प्रत्येक वर्ष लाखेजात्राको अवसर सञ्चालन हुदै आएको प्रतियोगिता कोभिड—१९ का कारणले तीन वर्ष प्रतियोगिता हुन सकेको थिएन ।

ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा रहेको भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता सञ्चालन गर्ने गरि तयारी थालिएको आयोजकले जनाएको छ ।


जिल्लाको एकमात्र ठुलो फुटवल प्रतियोगिता र अत्याधिक दर्शकको साथ पाएको प्रतियोगिता साथै जिल्लाकै प्रतिष्ठाको रुपमा संचालन हुदै आएको प्रतियोगिता तीन वर्ष नहुँदा जिल्लाको फुटवल क्षेत्रमा परेको असर ,बजार क्षेत्रको सुस्तता समेत छाएको थियो ।

भारतको दार्जेलिङ,मोरङ,सुनसरी,झापा दमक,विर्तामोड,इलाम,पाँचथर र ताप्लेजुङ गरि आठ वटा आमन्त्रीत टिम सहभागी हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले नगद तीन लाख ११ हजार १११ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने छन् । उपबिजेता टिमले नगद एक लाख ११ हजार १११ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र पाउने छन् ।


२०२९ सालबाट बिभिन्न नाममा सञ्चालन हँुदै आएको प्रतियोगिता पछिल्लो समय लाखेजात्रा खेल सञ्चालन समितिका नामबाट निरन्तर बढ्दै आएको छ । २०७७ र २०७८ सालमा कोभिडका कारण र २०७९ सालमा प्रतियोगिता सञ्चालनस्थल भानुजन माविको खेल मैदान पुर्ननिर्माण सहितका कारणबाट प्रतियोगिता रोकिएको लाखेजात्रा खेल सञ्चालन समितिले जनाएको छ ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo