श्रावण १० गते २०८३
07:53: AM
श्रावण १० गते २०८३
07:53: AM

१२ नेपाली महिलाहरुको ग्रेट हिमालयन ट्रेल पदयात्रा

चैत्र ३ गते २०८१
10:19 am
Author Avatar
फक्ताङलुङ दर्पण

१२ नेपाली महिलाको टोलीले विश्वप्रसिद्ध ग्रेट हिमालयन ट्रेल (जीएचटी) पदयात्रा सुरु गरेको छ । सोमबार ताप्लेजुङको सदरमुकाम फुङ्लिङबाट पाथीभरा देवीको दर्शन गरी कञ्चनजंघातर्फ प्रस्थान गरेका हुन् ।
ताप्लेजुङदेखि दार्चुलासम्म फैलिएको करिब एक हजार सता सय किलोमिटर लामो यो पदमार्ग विकट भूगोल, उच्च उचाइ र प्रतिकूल मौसमका कारण चुनौतीपूर्ण मानिन्छ । सिन्धुपाल्चोक पाँचपोखरी थाङपालकी पर्वतारोही माया गुरुङको नेतृत्वमा पर्यटन प्रवद्र्धन तथा अध्ययन–अवलोकनका लागि पदयात्रा सुरु गरिएको हो । गुरुङका अनुसार नेपाली महिलाको सहभागिता बढाउन र देशलाई महिलाको साहसिक पहिचान दिलाउन यो यात्रा गरिएको हो ।

टोलीमा १९ देखि ४५ वर्ष उमेर समूहका गाइड, भरिया लगायत भूमिकामा आबद्ध महिलाहरू सहभागी छन् । सहभागीहरूमा सिन्धुपाल्चोककी संगीता विश्वकर्मा, दिपा लामिछाने, शान्ति थिङ तामाङ, सरस्वती तामाङ, रञ्जिता लामा, वर्षा विक, संगीता तामाङ, प्रमिता सापकोटा, सृष्टि तामाङ, मनमाया तामाङ र अनिशा श्रेष्ठ छन्। नेतृत्वकर्ता माया गुरुङ सन् २००८ मा पहिलो समावेशी महिला सगरमाथा आरोहण दलकी सदस्य पनि हुन् ।

ग्रेट हिमालयन ट्रेलमा मुख्य दुई रुट छन् । एउटा, छ हजार १०० मिटर हाराहारीको उच्च भेग पार गर्ने कठिन रुट । अर्को, दुर्गम गाउँबस्तीहरू हुँदै जाने तल्लो रुट । यो समूहले उच्च हिमाली पास छिचोल्दै हिमाली जिल्लाका अन्तिम बस्ती हुँदै यात्रा गर्नेछ । यात्रा क्रममा १७ देखि २० जिल्ला पार गरिनेछ ।

उच्च हिमाली क्षेत्रदेखि स्थानीय संस्कृतिसम्मको अध्ययन गरी नेपालको पर्यटनमा महिलाको भूमिका उजागर गर्न यो अभियान थालिएको हो । पदयात्रामा १२ जना भरिया पनि संलग्न छन् । अत्यन्तै दुर्गम भेग, हिमनदी र भन्ज्याङ पार गर्ने यो अभियानमा झण्डै १२ देखि १५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । पूरा यात्रा सम्पन्न गर्न करिब डेढ करोड रुपैयाँ लाग्ने आँकलन गरिएको छ।

यस पदयात्रालाई १० खण्डमा विभाजन गरिएको छ, जहाँ प्रत्येक खण्डमा नेतृत्व पालैपालो गरिनेछ । कञ्चनजंघा क्षेत्रमा संगीता विश्वकर्माले नेतृत्व सम्हाल्नेछिन् । टोली सदस्य विश्वकर्माका अनुसार, “नेपाली महिलाहरू विदेशी पर्यटकलाई हिमाली यात्रामा कुशलतापूर्वक नेतृत्व गर्न सक्छन् भन्ने सन्देश दिन यो पदयात्रा महत्त्वपूर्ण हुनेछ ।” पदयात्रीहरुलाई ताप्लेजुङमा रहको होटल व्यवसायीहरु र कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कर्मचारीहरुले यात्रा सफलताको कामना गर्दै विदाई गरको थियो ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo