श्रावण १० गते २०८३
07:48: AM
श्रावण १० गते २०८३
07:48: AM

फोनिज प्रदेश-१ को महाधिवेशन सम्पन्न, १० बुँदे घोषणा–पत्र जारी

माघ ७ गते २०८१
6:07 pm
Author Avatar
फक्ताङलुङ दर्पण


नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को तेस्रो प्रदेश महाधिवेशन पाँचथरको फिदिममा सम्पन्न भएको छ। महाधिवेशनले १० बुँदे फेदेन, पान्थर घोषणा–पत्र जारी गर्दै विजयबोध लाओतीको अध्यक्षतामा १९ सदस्यीय प्रदेश कार्य समिति चयन गरेको छ।

नव निर्वाचित कार्यसमिति

  • अध्यक्ष: विजयबोध लाओती
  • उपाध्यक्षहरू: खनेन्द्रकुमार राई (अर्जुन), सुप्रिया राई
  • महासचिव: लीलाबहादुर सुनुवार
  • सचिवहरू: रामचन्द्र तामाङ, दिलबहादुर राई
  • कोषाध्यक्ष: सन्दिप याम्फु
  • सदस्यहरू: अरुणकुमार राई, अजय सन्तोषी राई, कृष्ण फुरुम्बो, मौसम सम्बाहाम्फे, रमिला दनुवार, मेनुका डुम्जन तामाङ, निशा राई, अमित तामाङ, जयराम पूर्वछाने मगर, श्रवण चौधरी, निश्चल राजभण्डारी, नेत्रकुमार सुनुवार
  • लेखा समिति संयोजक: प्रेम देवान
  • अनुशासन समिति संयोजक: ब्रहमलाल हजारी

१० बुँदे फेदेन घोषणा–पत्रका मुख्य बुँदाहरू

१. मुक्कुम्लुङको ऐतिहासिक पहिचान संरक्षणका लागि साझा धारणा निर्माणको माग।
२. पाँचथरका ऐतिहासिक, सांस्कृतिक, र पर्यटकीय स्थलहरूको प्रवर्द्धन।
३. पत्रकारहरूको न्यूनतम पारिश्रमिक लागू गर्न र स्वरोजगार सञ्चार माध्यमलाई आर्थिक सहुलियतको व्यवस्था।
४. मातृभाषामा सञ्चालित सञ्चार माध्यमहरूको प्रवर्द्धन र सशक्तिकरण।
५. राज्य विज्ञापनको समानुपातिक वितरणको कानुनी व्यवस्था।
६. अल्पसंख्यक र सीमान्तकृत समुदायका पत्रकारहरूलाई क्षमता अभिवृद्धि तालिमको माग।
७. मातृभाषाका नामहरूको पुनर्लेखन।
८. नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्षको ऐतिहासिक योगदानको सम्मान।
९. सञ्चार ऐन र नीति नियममा समावेशी प्रतिनिधित्वको सुनिश्चितता।
१०. महाधिवेशनलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद।

विशेष अतिथिहरूको सहभागिता

महाधिवेशनमा प्रदेश १ का पूर्व भौतिक पूर्वाधार मन्त्री कमल प्रसाद जवेगु, फोनिज संघीय अध्यक्ष गजुरधन राई, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यहरू, स्थानीय प्रतिनिधि, र अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

जय फोनिज!

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo