बंगलादेशले नेपाललाई हराउँदै साफ महिला च्याम्पियनसिपको उपाधि जित्यो
Phaktanglung Darpan
कार्तिक १४ गते २०८१
8:36 pm
फक्ताङलुङ दर्पण
नेपाललाई हराउँदै बंगलादेशले साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ। दशरथ रंगशालामा बुधबार भएको फाइनल खेलमा बंगलादेशले नेपाललाई २-१ गोलले हराउँदै च्याम्पियन बनेको हो।
बंगलादेशले खेलको ५२औं र ८१औं मिनेटमा गोल गरे। पहिलो हाफ बराबरीमा रोकिएको खेल त्यसपछि रोमाञ्चक बन्यो। खेलको ५२औं मिनेटमा बंगलादेशका मोनिका चक्माले गोल गर्दै अग्रता लिएका थिए। त्यसको तीन मिनेटमै नेपालका अमिशा कार्कीले गोल फर्काएर स्कोर १—१ बराबरीमा ल्याइन्।
खेलको ८१औं मिनेटमा बंगलादेशकी रितु पोर्ना चक्माले शानदार गोल गर्दै जित सुनिश्चित गरिन्।