भाद्र २६ गते २०८३
10:02: PM
भाद्र २६ गते २०८३
10:02: PM

ताप्लेजुङमा किन बढ्दै छ त,आँखा पाक्ने बिरामी

श्रावण १८ गते २०८०
5:13 pm
Author Avatar
फक्ताङलुङ दर्पण

फक्ताङलुङ दर्पण/ताप्लेजुङ
ताप्लेजुङमा आँखा पाक्ने बिरामीको सङ्ख्या बढ्दै गएको छ । विगत एक हप्तायता दैनिकजसो आँखा पाक्ने समस्या लिएर बिरामी उपचारका लागि आउने गरेको यहाँस्थित डिचेन डोङ्ला स्मारक आँखा उपचार केन्द्रले जनाएको छ ।
आँखा उपचार केन्द्रका अनुसार गत मंगलबार उपचारका लागि आएका ३३ जना आँखाका बिरामीमध्ये १२ जनामा आँखा पाक्ने समस्या देखिएको छ । दैनिकजसो १२–१३ जनामा आँखा पाक्ने समस्या देखिने गरेको आँखा उपचार केन्द्रका ‘क्लिनिक इञ्चार्ज’ काजी गुरुङले जानकारी दिएका छन् ।
आँखा पाक्ने रोग लागेपछि आँखाको सेतो भागको बाहिरी तह र आँखाको ढकनीभित्रको भाग पोलेको र बिझाएको महसुस हुने तथा आँखा रातो र फुस्रो हुने जनाइएको छ ।
धेरै आँसु आउने, बिहान उठ्ने समयमा आँखाको ढकनी एकआपसमा टाँसिने, चिलाउने जस्ता समस्या देखिने स्विास्थ्यकर्मीले जनाएका छन् ।
आँखा पाक्ने समस्याबाट बच्न सरसफाइमा ध्यान दिने, धुलो धुवाँबाट टाढै रहन स्वास्थ्यकर्मीको सुझाव छ । यस्तै आँखामा समस्या आइहाले आँखा उपचार केन्द्रमा गई जाँच तथा उपचार गराइहाल्नसमेत केन्द्रले आग्रह समेत गरेको छ ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo