ज्ञानु फुरुम्बो(चरपे) युके किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेको नयाँ कार्यसमिति गठन भएको छ । किरात धर्म साहित्य तथा मौलिकताको संरक्षण र सम्वद्र्धन गर्नका लागि नयाँ समिति गठन भएको हो ।
आइतबार युकेमा भएको अधिवेशनले राजेन्द्र खिम्दिङको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको हो । खिम्दिङको नेतृत्वमा उपाध्यक्ष नन्दा चेम्जोङ,तिल लावती,केवाहाङ चेम्जोङ,निर्मल पतङवा,लाल लिङदेन,सचिव पर्बत राई,सहसचिव ज्ञानु फुरुम्बो चरपे चयन हुनुभएको छ । त्यस्तै निराज माबोहाङ,कोषध्यक्ष हर्क आङदेम्बे,सहकोषध्यक्ष कुमुद नेम्बाङ ,मनिस सेर्मा चयान हुनुभएको छ । सदस्यहरुमा देबिन्द्र सेर्मा,गीता राई,निर्मला मादेन राई,काजीमान ओख्राबु,कुल तुम्बापो,दिवस थोप्रा,उतर पतङवा,पार्वती लिङदेन,चन्द्र कुमार लिङदेन,हरी लावती,डिक ब.साम्सोहाङ,प्रेम प्रसाद पन्धाक,तारा चेम्जोङ,गीता योङहाङ,गोबिन्द मादेन,तेज थेबे,सान नेम्बाङ,रनसी माबो,केन्द्र इजम,राज कुमार नुगो,चुन ब.लिङदेन,कुल योङहाङ,सीता थेबे,उज्वल चोङबाङक्याक गरि ३७ सदस्य सहितको कार्य समिति गठन भएको समितिले जनाएको छ ।
संघको नवकार्य समिति गठनसंगै अन्य भातृ संगठनहरु पनि गठन गरिएको छ । किरात साम्यो साक्थिम्गेन्न पान्जुम्भो युके ,किरात साम्यो नालिफुङवा पान्जुम्भो युके र माङहिम निमार्ण समित गठन गरिएको हो । प्रिया खिम्दिङको संयोजकत्वमा नालिफुङवा पान्जुम्भो समिति युके गठन भएको समितिले जनाएको छ । खिम्दिङ नेतउत्वमा उपाध्यक्ष प्रजन चोङबाङ,सचिव तागेरा ईधिङगो,कोषध्यक्ष कुमुद नेम्बाङ सदस्य हरि बोखिम,तान्छु ईधिङगो गरि ११ सदस्य समिति रहेको समितिले जनाएको छ ।
यसै गरि ज्ञानु फुरुम्बो चरपेको संयोजकत्वमा किरात साम्यो साक्थिम्गेन्न पान्जुभो युके गठन गरिएको छ । फुरुम्बो चरपेको नेतृत्वमा उपाध्यक्ष पर्वत राई,सचिव निराज माबोहाङ,कोषध्यक्ष सिङलाहाङ पतङवा चयन हुनुभएको छ । त्यस्तै सदस्य प्रिया खिम्दिङ,मुक्कुम खजुम,मणि चोङबाङ,बिक्रम ओख्राबु,श्रीजु राई,समीर पतङवा,उतर पतङवा,हेमा अन्छङबो,अनिता लिङदेन,ईक्सा पतङवा र हाङसाम पतङवा,सदस्य समितिमा चयन हुनुभएको छ ।
यस्तै लोचन चोङवाङको संयोजकमा माङहिम निमार्ण समिति गठन भएको छ । चोङवाङको नेतृत्वमा कोषध्यक्ष कृष्ण लिङदेन,सदस्य श्रीजु राई चयन भएका छन् । माङहिम निर्माण समितिका लागि नौ सदस्य सहितको माङहिम निमार्ण समिति गठन भएको समितिले जनाएको छ । यसै गरि संस्थाको सहल्लाहकार भने निम्न ब्यक्तिहरुलाई राखिएको थियो प्रमुख सल्लाहकार राम सिं थेबे,सल्लाहकार तथा माङसेवा साबा प्रमुख मंगल सिं लिङदेन,डा.कमला आङदेम्बे,आशा थोप्रा,काजीमान नुगो,जेत ब. मेन्याङबो,भक्त लाबुङ,हस्तकला नेम्बाङ,खडक मादेन,डिल्ली माया तुम्वाहाङफे,चन्द्रकला थेबे,पञ्चराज थोप्रा,गणेश इजम र बिश्वासदिप तिगेला चयन हुनुभएका छन् ।
निबार्चित नव समितिहरुलाई निबार्चन संयोजक गणेश इमज सदस्य डा. कमला आङदेम्बेद्वयले समितिहरुलाई सफत ग्रहण गराउनुभएको थियो । अधिवेशन कार्यक्रमलाई भब्य सफल बनाउन सम्पुर्ण युके बासी किरात धर्मलबम्वी र सदस्यहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रमको प्रमुख अथिति आदिवासी जनजाती महासंघ युकेका अध्यक्ष कर्म पहाडी शेर्पा उपस्थित हुनुभएको थियो । अथितीहरुमा किरात याक्थुङ चुम्लुङ युकेका महासचिव जुरेन्द्र खजुम, याक्थुङ चुम्लुङ युकेका उपाध्यक्ष खगेन्द्र लावती, नेपाल पत्रकार महासंघ युकेका बम थापा सुर्यबंशी मंगरहरुको उपस्थिती रहेको थियो ।
किरात धर्म दर्शनदाता राष्ट्रिय बिभुति महागुरु फाल्गुनन्द लिङदेनज्यु र बर्तमान किरात धर्म गुरुगुरुमाताहरुको तस्विरमा फुलमाल्य अर्पणका साथ दिपजलन गरेर प्रमुख अथितिको हस्तबाहुलीबाट कार्यक्रमको उदघाटन गरिएको आयोजकले जनाएको छ । किरात धर्म साहित्य उत्थान राष्ट्रिय समितिका उपाध्यक्ष राजेन्द्र खिम्दिङबाट स्वागत मन्तब्यसंगै प्रमुख अथिति लगायत अथितिहरुको शुभकामना पश्चात् दोस्रो चरणको कार्यक्रम खुल्ला सत्र बन्द सत्रमा प्रबेश भएको थियो । किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका सचिव लाल लिङदेनले संस्थाका बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो, यसै गरि संस्थाका कोषध्यक्ष हर्क आङदेम्बेबाट संस्थाको आर्थिक आय,ब्या प्रस्तुत भएको थियो,भने युकेमा माङहिम निमार्ण गर्न संकलन भएको आर्थिक बिषयमा माङहिम कोषध्यक्ष कृष्ण लिङदेनले प्रस्तुत गर्नु भएको थियो ।
किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका अध्यक्ष राम सिंथेबेको सभापतित्वमा सम्पन्न भएको किरात धर्म साहित्य उत्थान संघ युकेको चौथो अधिबेशनसंगै आफ्ना कार्यकाल समाप्त भएको र निबर्तमान समिति बिगठन भएको घोषण गर्दै कार्यक्रम बिसर्जिन गुर्न भएको थियो भने कार्यक्रम सचिव लाल लिङदेन र सहसचिव पर्बत राईले संचालन गर्नुभएको थियो ।