श्रावण १० गते २०८३
07:53: AM
श्रावण १० गते २०८३
07:53: AM

निरन्तर वर्षाले किसानलाई राहत

चैत्र ८ गते २०८०
8:04 am
Author Avatar
फक्ताङलुङ दर्पण

हिउँद भरिको खडेरीले आजित भएका किसानलाई निरन्तर वर्षासंगै राहत मिलेको छ । ताप्लेजुङसहित पूर्वी पहाड तथा हिमाली जिल्लमा मंगलबार रातिदेखि वर्षा हुन थालेछि किसानलाई राहत महसुस भएको हो ।
मकै बाली लगाउने समयमा वर्षा नभएपछि किसान चिन्तित थिए । लामो खडेरीका कारण समयमा मकै बाली लगाउन नपाएका किसानलाई वर्षा हुन थालेपछि राहत महसुस गरेका छन् । हिउँदभर वर्षा नहुँदा अधिकांश किसानले मकै बाली लगाउन पाएका थिएनन् भने मकै रोपेको (छरेको) राम्ररी नउम्रेको र उम्रेको पनि सुक्न थालेको थियो ।
मंगलबारदेखि भने वर्षा हुन थालेपछि मकै खेती लगायत हिउँदे बालीका लागि राहत मिलेको सिरिजंगा गाउँपालिका—६ का किसान हर्क लिम्बूले बताउनुभयो । लिम्बूका अनुसार सामान्य भएपनि वर्षा भएकाले हिउँदे बालीलाई राहत पुगेको छ । पानीको पर्खाइमा मकै बाली लगाउन नपाई बसेका किसानलाई ठुलो राहत मिलेको उहाँले बताउनुभयो ।
धान खेती लगाउने खेत (जग्गा) मा मकै लगाउनलाई ढिलो भइसके पनि वर्षासंगै किसान खेतीलाउँन जुडेको फक्ताङलुङ गाउँपालिका—६ का किसान चन्द्र लिम्बूले बताउनुभयो । ताप्लेजुङमा मंलबार देखि आज विहिबार समेत सामान्य वर्षा भइरहको छ । मकै खेती लगाउने मुख्य समय माघ र फागुन महिना भए पनि वर्षा नभएकाले अहिलेसम्म खेती लगाउन पाएका थिएनन् । पानीको पर्खाइमा रहेका अधिकांश किसानले सामान्य वर्षा हुने बित्तिकै धमाधम मकै खेती लगाउन थालेका छन् । मकै खेती लगाउनलाई केही ढिलो भएपनि अहिले लगाएको बालीका लागि थप समय अनुकूल भई दिएमा उत्पादनमा खासै कमी नआउने किसानको भनाइ छ ।
वर्षाले नगदेबाली अलैँची, फलफूल खेती लगायतका हिउँदे बालीलाई थोरै भए पनि राहत पुगेको किसानले फक्ताङलुङ गाउँपालिका—२ दिलकुमार पताङवाले बताउनुभयो । लामो अवधिको खडेरीपछि सामान्य वर्षा हुँदा कृषि कर्मका लागि पर्याप्त भने नहुने किसानहरू बताउँछन् । कृषिका लागि समय अनुकूल हुनलाई बेला बेलामा वर्षा हुन अनिवार्य रहेको उनीहरूको भनाइ छ ।…

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo