श्रावण ९ गते २०८३
02:42: AM
श्रावण ९ गते २०८३
02:42: AM

सुक्न थाले अलैँची बगान

चैत्र ७ गते २०८०
7:53 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—४ लिङखिका शेरबहादुर लिम्बू अहिले अलैचीमा सिचाई गर्न व्यस्तता बढेको छ । लामो समय वर्षा नहुँदा अलैँची बगान सुक्न थाले पछि बिहान बेलुका अलैँची बगानमै उहाँ भेटिन्छ  । सुख्खा मौसमका करणले अलैँची बगान सुक्न थाले पछि सोही गाउँपालिका—६ का विर्ख बहादुर लिम्बू घर बस्न छोडेर अलैँची बगानमै दिन बिताउन थाल्नुभएको छ । सिरिजंगा गाउँपालिका—६ मामांखेका हर्क माबो हिले अलैँच सिचाई गर्नमै व्यस्त हुनुहुन्छ । यी हुन एक प्रतिनिधि मात्रहुन । ताप्लेजुङका अर्लैची किसानहरु अलैँची सिचाई गर्नमै व्यस्त हुनुन्छ । लामो समयमा पनि ताप्लेजुङमा वर्षा हुन सकेको छैन । वर्षा नभएसंगै सुख्खा मौसमका कारणले अलैँची बगानहरु सुक्न थालेको छ । अलैँची सुक्नथालेसंगै किसानहरु चिन्ता बढेको छ । सिचाई गर्ने पानीको स्र्र्र्र्रोतहरु समेत सुक्न थालेको किसानहरुको भनाइरहेको छ । समयमै सिचाई गर्न सकिएन भएने अलैँची बगान नै सुक्ने भएकाले बिहान देखि बेलुका सम्म अलैँची बगानमा दिन बिताउनु परेको शेरबहादुर लिम्बूले बताउनुभयो । उहाँले भन्नुभयो“अहिले १६ वटा स्प्रिङकल(सिचाइ गर्ने मेसिन) घुमाइ राखेको छु । एक ठाउँ बाट दुुुुुुई दिनमा अर्को ठाउँमा सार्नु पर्दछ ।” यस वर्ष ताप्लेजुङको उच्च हिमाली क्षेत्रमा खासै हिउँ पर्न सकेन वर्षा र हिमपात नभएसँगै अलैँची बगानका लागि चिस्यानको थप समस्या भएको छ ।
हरियो देखिनुपर्ने बगान यतिबेला सुकेर रातै देखिन थालेको फुङ्लिङ नगरपालिका–६ सिद्धिडाँडाका कृषक कृष्ण गुरुङको भनाइ छ । आम्दानीको मुख्य स्रोत अलैँची नै सुक्न थालेपछि किसान चिन्तित बन्न बुगेको सोही गाउँका वीरबहादुर फेम्बूले बताउनुभयो । विगतका वर्षमा पुसको तेस्रो सातादेखि वर्षा र हिमाली क्षेत्रमा हिमपात हुने गर्थ्यो । तर यस वर्ष भने ताप्लेजुङको हिमाली क्षेत्रमा खासै हिमपात भएन । हिमाली क्षेत्रमा हिमपात नहुँदा पानीका स्रोत पनि कमिहुँदै गएको किसानहरुको भनाइ छ । अलैँची बगानमा पर्याप्त सिँचाइ नहुँदा सुक्न थालेको हो । सिरिजंगा गाउँपालिका–६ माङ्माखेका किसान रनकुमार माबोको यतिबेला हरियो हुनुपर्ने बगान सुकेर रातो भएको छ । अर्को वर्ष उत्पादनमा ठूलो ह्रास आउन सक्ने माबोको भनाइ छ । साउनदेखि मङ्सिर पहिलो सातासम्म टिपिसक्ने अलैँची मा त्यसपछि सिँचाइ गर्नुपर्छ । सम्भव हुनेले प्रत्येक बोटको फेदमा मल लगाएर त्यसलाई भिजाउँछन् । जरामा चिस्यान रहोस् भनेर पतझडले छोप्ने र त्यसमाथि सिँचाइ गर्ने चलन पनि छ । यतिबेला जिल्लाका बेँसीदेखि लेकसम्मकै बालीनालीमा असर परेको किसानको दुःखेसो छ । वर्षाले टुसामा फूल खेल्न सहयोग गर्दछ र अर्को वर्षको उत्पादनमा वृद्धिमा सहयोग पु¥याउँछ ।
यतिबेला अलैँचीलाई पानीको अधिक आवश्यकता पर्छ । पानीले भिजाउने र तातोले राप सिर्जना गर्दा जरा मर्ने जोखिम अति हुन्छ  । जमिन तातेको बेला वर्षा हुँदा राहतको साटो बिरुवालाई आहत हुने किनानको भनाइ छ । हिमालमा हिउँ हुँदा त्यहाँबाट आउने चिसो हावाले पनि राहत हुने तर त्यो नभएकाले किसान चिन्तित बनेका छन्  । अलैँचीलाई ओसिलो जमिन, सिँचाइ सुविधा अनिवार्य चाहिन्छ ।
एक नगरपालिकासहित नौ स्थानीय तह ताप्लेजुङमा ६१ वडा रहेको छ । फक्ताङलुङ गाउँपालिकाको वडा नं ७ ओलाङचुङगोलाबाहेक सबै वडामा अलैँची खेती गर्दै आएका छन् । जिल्लाको मुख्य आम्दानी स्रोत भनेकै अलैँची हो भन्दा फरक पर्दैन ।
पानी पार्न भ्यागुताको विवाह
वर्षा नएसंगै बालीनाली सुक्न थाले पछि किसनले शिनिबार भ्यागुताको विवाह गरिदिएको छ । ताप्लेजुङको मिक्वाखोला गाउपालिका खोक्लिङका सिसानले बाजागाजा सहित तमोर नदीमा पूजा गरेका छन् । भ्यागुताको विवाह गरे पानी पर्छ भन्ने मान्यता अनुरूप भ्यागुताको विवाह समेत गरेको स्थानीय दिनेश थापाले बताउनुभयो । स्थानीय जनप्रतिनिधि समेत उपस्थितमा किसानहरुले खोला पूजा साथै भ्यागुताको विवहा गरेको स्थानीयको भनाइ छ ।…

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo