नेकपा माओवादी केन्दको संयुक्त आयोजनामा ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिकाको बिरेन्द्र चोकमा दीप प्रज्वलन गरि २९ औं महान जनयुद्ध दिवस मनाएको छन् । गणतन्त्र स्थापना गर्न जनयुद्धका समयमा शहिद,घाइते र बेपताहरुलाई स्मरण गर्दै ताप्लेजुङमा जनयुद्ध दिवस मनाएका हो ।
कोणसभालाई सम्बोधन गदै महान जनयुद्ध नेपाली उत्पिडित जाती बर्ग लिङ्ग छेत्र धर्म र सम्पुर्ण समुदाय साथै मानव समानताको उदेश्य लिएर सुरु भएको नेकपाका केन्द्रिय सदस्य देव सिले बताउनुभयो । उहाँले भन्नुभयो “जनयुद्ध दिवस महान र ऐतिहासिक छ तर आज जयुद्धद्लाई विभिन्न बाहाना अपराधीकरण गर्ने चौतर्फी दुष्प्रयास गरिएको छ । यदि दुष्प्रयास नरोकिएको अवस्थामा जस्तोसुकै शक्तिहरुको विरुद्धमा जनयुद्धलाई महान मान्नेहरुको शक्ति एक भएर लडनु पर्दछ ।” माओवादी केन्द्रको तर्फबाट जिल्ला कमिटी सदस्य गंगा शंगरले समेत कोणसभालाइ सम्बोधन गर्नुभएको थियो । कोणसभाको सन्चालन नेकपा माओवादी केन्द्रका वाइसिएल नेपालका जिल्ला अध्यक्ष कैलाश माबोले गर्नुभएको भएको थियो । फक्ताङलुङ गाउँपालिका समेत जनुयुद्ध दिवस मनायो
फक्ताङलुङ गाउँपालिकाले पालिका भित्र सर्वजनिक बिदा दिएर जनयुद्ध दिवस मनाएको छ । नेकपा माओवादी केन्द्र फक्ताङलुङ गाउँपालिका कमिटीको ओयोजनामा दीप प्रज्वलन गदै फक्ताङलुङ गाउँपालिकामा जनयुद्ध दिवस मनाएको पालिका कमिटी अध्यक्ष मुक्ति लाबुङले बताउनुभयो । हजारौ नेपाली नागरिकले बलिदान दिए र आज संघीयता, गणतन्त्र,धर्म स्वतन्त्रता र समानुपातिक समाबेसितत आएको बालुङले बताउनुभयो । उहाँले भन्नुभयो “आज हामी भुइँ मान्छेहरुले टाउको उठाउन पाएका छौँ । हामी भुइँ मान्छेहरु अरु मानिस सो सरह इज्जतमा बाचन पाएका छौं, बोल्न पाएका छौँ, आफ्नो अधिकार खोज्न पाएका छौँ । मानिसले मानिस माथी गरिने अन्याय अत्याचार, शोषण उत्पीडन र बिभेदको अब बिस्तारै अन्त्य हुदैछ ।” उहाँले थप्नुभयो “एक दिन अवस्य दिनदुःखी गरिब, उत्पीडित बर्ग समुदायको उदय हुनेछ र यो महान अभियानको सुरुआति त्यही १० बर्ष जनयुद्द थियो ।” यता माओवादी केन्द्रका अध्यक्ष तथा प्रधान मन्त्रि पुष्प कमल दाहाल प्रचन्डले जारी गरेको प्रेसविज्ञाप्ती उल्लेख गरएको अनुसार जनयुद्धको जगमा जुन अधिकार स्थापित भएका छन् । ती अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति हुन् । नेकपा (माओवादी केन्द्र) ले नेतृत्व गरेको भए पनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तन प्रेमी नेपालीको साझा दिवस हो” विज्ञप्तिमा उल्लेख गर्दै भनिएको छ, “तसर्थ जनयुद्ध दिवसलाई विभिन्न रचनात्मक कार्यक्रमसहित राष्ट्रिय उत्सव र गौरवको दिनका रूपमा मनाउन म सम्पूर्ण जनसमुदायमा हार्दिक अपिल गर्दछु ।” उहाँले जनयुद्धको साहस, वीरता र उत्सर्गको ऐतिहासिक क्रान्तिले राजनीतिक, आर्थिक, सामाजिक सांस्कृतिक, देशप्रेम एवं राष्ट्रियताप्रति समर्पित परिवर्तनको सपनालाई आत्मसात् गरेको बताउनुभयो । प्रधानमन्त्रीले जनयुद्धकै जगमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तसँगै धर्मनिरपेक्षता, समानुपातिक समावेशी एजेन्डा स्थापित हुनुका साथै उत्पीडित जाति, क्षेत्र, लिङ्गले अधिकार प्राप्त गरेको उल्लेख गर्नुभएको छ । २०५२ फागुन १ गते नेपाली राजतन्त्रलाई समाप्त र जन गणतन्त्र स्थापना गर्ने उद्देशका साथ जनयुद्धको सुरुवात गरेको थियो । विसं २०६३ साल मङ्सिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेसँग यस युद्ध समाप्त भएको थियो ।