ताप्लेजुङको सिरिजंघा गाउँपालिकाले आयोजना गरेको अध्यक्ष कप पुरुष भलिबल उपाधि पाथीभरा याङ्वरक गाउँपालिका विजेता बनेको छ । शनिबार भएको फाइनल खेलमा सिदिङ्वा गाउँपालिकालाई ३–१ को सेटमा हराउँदै पाथीभरा याङ्वरक गाउँपालिकाले उपाधि जितेको हो । उपाधि बिजेता पाथीभरा याङ्वरकले दोस्रो, तेस्रो र चौथो सेटमा क्रमशः २५–२१, २५–२३ र २५–२३ ले जित निकाल्न सफल भएको थियो । सिदिङ्वा गाउँपालिका भने खेलको पहिलो सेट मात्र २५–२२ ले विजयी भएको थियो । पाथीभरा याङ्वरक गाउँपालिकाले उपाधि जितेसँगै दुई लाख ५५ हजार ५५५ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको सिरिजंगा गाउँपालिकाले जनाएको छ । यता उपविजेता बनेको सिदिङ्वा गाउँपालिकाले एक लाख ३३ हजार ३३३ रुपियाँ नगद पुरस्कार पाएको छ । यस्तै प्रतियोगितामा सबोत्कृष्ट खेलाडी घोषित हुँदै पाथीभरा याङ्वरकका गिरिराज श्रेष्ठ पुरस्कृत हुनुभएको छ । विभिन्न विधागत पुरस्कार पाउनेमा उत्कृष्ट ब्लकरका रुपमा पाथीभरा याङ्वरककै आक्रोस लिम्बू, उत्कृष्ट सर्बर सिदिङ्वाका मिलन लिम्बू, उत्कृष्ट लिब्रो सिरिजंघाका सौगात लिम्बू, उत्कृष्ट सेटर पाथीभरा याङ्वरकका कैलास बस्नेत र उत्कृष्ट स्पाइकर सिदिङ्वाका नरेन्द्र तामाङ रहनुभएको छ । उदयमान खेलाडीका रुपमा पाथीभरा याङ्वरकका प्रकाश बिष्ट पुरस्कृत हुनुभएको छ ।…