श्रावण १० गते २०८३
09:46: AM
श्रावण १० गते २०८३
09:46: AM

सोनाम ल्होसार र यसको महत्वर

माघ २७ गते २०८०
3:19 pm
Author Avatar
फक्ताङलुङ दर्पण

देवेन्द्र बानियाँ,ताप्लेजुङ

तामाङ समुदायको पर्व सोनाम ल्होसार पर्व आज धुमधामले मनाईएको छ । ताप्लेजुङमा तामाङ घेदुङले साँस्कृतिक कार्यक्रम गरि यस पर्व मनाएको छ ।
तामाङ भाषामा ल्होको अर्थ वर्ष वा धिङ वा साल र छारको अर्थ नयाँ भन्ने बुझाउँछ । यसको शाब्दिक अर्थ हो नयाँ वर्ष । तामाङको भाषामा महिनालाई ला भनिन्छ । नेपालको तामाङ समुदायले आफ्नो ल्हो पोवा वा ल्हो दोवा ख्रे लाबाट शुरु हुन्छ भन्ने आम तामाङ समुदायको जनजिव्रोमा छ ।
तामाङको महिना गणना गर्दा पुष र माघबाट शुरुवात गरिन्छ । जसले गर्दा माघ महिनाको शुक्ल पक्ष प्रतिपद्धादेखि शुरुवात हुन्छ । अर्थात् औंशीको रातलाई विदाई गरी चन्द्रमा उदाएको पहिलो दिनलाई नयाँ वर्षको रुपमा मनाइन्छ । १२ औं महिनामा तापा ला दोप्पा ९औंशी० सकेर खे्र ला ‘‘छेपा गी’’ नयाँ चन्द्रमा उदाउने दिनबाट ल्हो वा धिङ फेर्दछ । छेपाको अर्थ महिनारतिथी शुरुवात हो । गी को अर्थ पहिलो गन्ति हो ।
आजभन्दा ४७०० वर्ष अगाडि चिनिया खगोल शास्त्रको आधारमा ल्होछारको आरम्भ भएको इतिहासमा पाइन्छ । ल्होछार मनाउने परम्परा १२ वटा जीवजन्तुहरुको नाम र तिनलाई प्रभाव पार्ने पाँच वटा भौतिक तत्वहरुको आधारमा सृजित राव्ज्युङ ल्होखोर चन्द्र पात्रोमा आधारित विश्वको सवैभन्दा पुरानो परम्परा मानिन्छ । काठ पुरुष मुसा वर्षबाट सुरुवात भएको हो । चिनिया प्राचिन स्हीया साम्राज्य र वादशाहहरुले प्रचनलमा ल्याएको ‘‘स्हीया’’ पात्रो परम्परा अनुसार पनि चिनिया चन्द्र वर्षको पहिलो चन्द्र महिनाको पहिलो दिनलाई नयाँ वर्षको आरम्भ वा उत्सव मनाउँदै आएको उल्लेख छ ।
तामाङ भाषामा चन्द्रमालाई लानी भनिन्छ । ला को अर्थ महिना नी को ९ङी० अर्थ दुई भन्ने बुझाउँछ । यसको अर्थ दुई वटा महिना सँगै जोडिएर एकै महिनामा गिन्ती गरिन्छ ।
चिनियाहरु, नेपालको तामाङ र ह्योल्मो समुदायले मनाउँदै आएको आज भन्दा २८५१ औं वर्ष अगाडि देखि चिनीया चन्द्र पात्रो वा चन्द्र मास अनुसार माघ शुक्ल प्रतिपदा परेवा तिथिदेखि पूर्णिमासम्म मनाइन्छ । जसलाई तामाङ समुदायले ख्रेलाबाट शुरुवात गरी आएको हो । यो वर्ष सोनाम ल्होछारको तिथि २०७१ साल माघ ७ गतेबाट नयाँ वर्षको शूरुवात हुन्छ । यसलाई नेपाल सरकारले २०५१ माघ १४ गतेका दिन नेपालका तामाङ समुदायले परम्परा चिनिया पात्रो पहिलो चन्द्रमास अनुसार मनाउने सोनाम ल्होछारलाई नै राष्ट्रिय मान्यता दिएको हुँदा नेपालको तामाङ समुदायको साँस्कृतिक पहिचान भएको राष्ट्रिय पर्व सोनाम ल्होछार हो र यसलाई आफ्नो समुदायको पहिचानको रुपमा लिनु पर्दछ ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo