नेपाल बैँक लिमिटेड शाखा ताप्लेजुङले फुङलिङ नगरपालिकाको कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सोमबार फुङलिङ नगरपालिकाका उपप्रमुख भीमादेवी ओझाको प्रमुख आतिथ्यतामा एक्सटेन्सन काउन्टरको उद्घाटन गरिएको हो । एक्सटेन्सन काउन्टर शाखा मार्फत कर्जा बाहेकका सेवाहरू प्रवाह हुने नेपाल बैंक लिमिटेड ताप्लेजुङ शाखाका प्रमुख बसन्धरा आचार्यले बताउनुभयो । उहाँका अनुसार शाखा मार्फत दुई लाख रुपैयाँसम्मको भुक्तानी दिइनेछ । सो भन्दा बढीका भुक्तानी लिनुपरेमा अग्रिम जानकारी गराउनुपर्ने समेत शाखा प्रमुख आचार्यको भनाई छ । विशेष गरेर नगरपालिकामार्फत गठन हुने उपभोक्ता समिति र व्यक्तिगत दुवै किसिमका खाताहरू समेत खोलिने बताईको छ । नगर कार्यपालिकामै एक्सटेन्सन काउन्टर शाखा स्थापना भएपछि सो आसपासका कार्यलयका सेवाग्राहीले समेत सेवा लिन पाउने भएका छन् ।