ताप्लेजुङमा पहिलो पटक याक चौँरी कृषक महासंघ नेपाल जिल्ला कार्यसमिति गठन भएको छ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा विहिबार भएको प्रथम जिल्ला अधिवेशनले नुपू शेर्पाको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन भएको हो । जसमा उपाध्यक्षमा ताम्डीङ शेर्पा, सचिवमा भिम भण्डारी, सहसचिवमा ओम प्रकाश गौतम, र कोषाध्यक्षमा दावा फूटी शेर्पा चयन भएका छन् । यस्तै सदस्यहरूमा फुर्वा नाम्गेल शेर्पा, किपा शेर्पा, फुपु शेर्पा र मन कुमार गौतम चयन भएको महासंघका केन्द्रीय महासचिव पाविहाङ राईले जानकारी बताउनुभयो । चौंरी याक पालकहरुको साँझा संस्थाको रुपमा काम गर्नका लागि कृषकहरु संगठित भएको हो । कोशी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री तथा कोशी प्रदेश सभा सदस्य तिलकुमार मेन्याङ्बोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त प्रथम अधिवेशनमा वशिष्ठ अतिथिको रुमा मिक्वाखोला गाउँपालिकाका अध्यक्ष भक्त बहादुर कार्की, उपाध्यक्ष डण्डु लामा सँगै याक चौरी व्यावसायी साथै विभिन्न संघ संस्थाका प्रतिनिधि र पत्रकारहरूको उपस्थिति रहेको थियो । चौंरी याक पालकहरुको समस्या समाधान गर्न सामुहिक काम गर्न र बजारिकरण गर्न समेत सहजिकरण गर्नका लागि संगठित भएको अध्यक्ष शेर्पाले बताउनुभयो । …