श्रावण १ गते २०८३
03:43: PM
श्रावण १ गते २०८३
03:43: PM

सिप सिकेर अत्मानिर्भर बन्दै ताप्लेजुङका महिलाहरु

पौष २० गते २०८०
12:39 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङका ग्रमिण महिलाहरु आत्मनिर्भको बन्ने स्रोत तथा सिपहरुको खोजी गर्न थालेका छन् । विभिन्न तालिममा सहभागि भएर सिप सिकेर आत्मनिर्भरको समेत बन्दै गएका छन् ।


आफ्ले सिकेका सिपले आफुसंगै अरुलाई पनि रोजगारी सृजर्ना गर्दै आउँनुभएका छन् । उद्यमी बन्न चाहाने महिलाहरुलाई विभिन्न संघ संस्था तथा स्थानीय तहहरुले समेत आवश्यक सिपका लागि तालिम तथा उद्योग स्थापन गर्नका लागि आवश्यक सामग्री अनुदानमा उपलब्ध गराएर गाउँ गाउँमा महिलाहरुलाई प्रोत्साहन गर्दै आनुभएको छ ।


हिमाली संरक्षण मञ्च ताप्लेजुङको आयोजना, फुङ्लिङ नगरपालिका—१० वडाको समन्वय तथा रेड पाण्ड नेटवक,फुङ्लिङ नगरपालिका र घरेलु तथा साना उद्योग ताप्लेजुङको आर्थिक सहयोगमा दुई महिने अल्लो प्रशोधन तथा कपडा उत्पादन तालिम विहिबार सकिएको छ । फुङ्लिङ नगरपालिका—१० फुरुम्बु गाउँका महिलाहरुलाई आत्म निर्भर बनाउनुउने उदेश्यले तालिम सञ्चालन गरिएको हिमाली संरक्षण मंञ्चले जनाएको छ ।

जिल्लाको फुङलिङ नगरपालिका नगरप्रमूख अमिर मादेनले तालिमको सिकेको सिपको प्रमाणपत्र सिरानी थन्क्याएर नबस्न अनुरोध गरेका छन् । नगरपालिकाको लगानी र सहभागीको समय खर्च भएकाले उद्यम सुरु गर्न आवश्यक छ । नगरप्रमूख मादेनले भन्नुभयो,‘ तालिम दियौ । अब उद्यम सुरु गरौ । स्थानिय सरकार सयहोग गर्न तयार छ ।’

जंगलमा कुहिएर खेर जाने अल्लोबाट धागो तथा कपडा उत्पादन गरेर आम्दानी गर्नु नगरपालिकाको गौरव मादेनले बताउनुभयो । जिल्ला समन्वय समिति उपप्रमूख कृष्ण लिङखिमले अल्लो नामी र दामी भएकाले उद्यमको रुपमा अगाडी बढाउनुपर्ने बताउनुभयो खेती नै नगरी अल्लो पर्याप्त छ ।

तर उत्पादन गरेर आम्दानी गर्न सक्नुपर्ने र उद्यमी उत्पादन गरेर अड्याउनका लागि महासँघ प्रतिबद्ध रहेको घरेलु तथा साना उद्योग महासँघ जिल्ला अध्यक्ष राजेन्द्र भारतीले बताउनुभयो । महासँघले जिल्ला,प्रदेश र सँघसम्म आयोजना हुने कार्यक्रममा जिल्लाको उत्पादनको बजारीकरण गर्ने गरेको छ ।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमूख यूवराज घोसाईका अनुसार सामुदायिक तथा सरकारी वन क्षेत्रमा अल्लो पाइने भएकाले सम्बन्धित निकायसँग समन्वय गरेर अगाडी बढ्न सकिने बताउनुभयो । उद्यमी मिलेर उद्योग दर्ता समेत घोसाईले आग्रह गर्नु भयो ।

सरकारी मान्यता प्राप्त गरेसँगै बजेट र तालिम दिन सहज हुने उहाँले बताउनुभयो । अल्लोको गुणस्तरीय कपडा उत्पादन गर्न सके बजार अभाव छैन् । डिभिजन वन कार्यालय प्रमूख बद्री प्रसाद शाहका अनुसार सरकारी तथा सामुदायिक वनमा पाइने अल्लो संकलन गर्न सके राज्य र उद्यमीलाई लाभ पुग्छ । कार्यालय प्रमूख शाहले भन्नुभयो,‘कानुन बमोजिम अल्लो संकलन गर्न सक्छौ । सहकार्य गर्न तयार छौ ।”


सिकेको सिप व्यवहारमा लागु गर्न हिमाली संरक्षण मञ्चका अध्यक्ष चन्द्रमणि लिम्बुले आग्रह समेत गर्नुभयो । अध्यक्ष लिम्बूले भन्नुभयो,‘सिप सिक्न मरिहत्ते गर्छौ । तर सिकेको सिप व्यवहारमा लागू गर्न चुक्छौ । आशा छ,अब त्यो हुन्न ।’ सहभागीमध्ये चन्द्र कुमारी लिम्बुले भन्नुभयो्,‘धागो काट्न र बुन्न हामी सक्षम छौ ।

भविष्यमा गुणस्तरीय मेसिन पाउने आशा गरेका छौ ।’ सहभागीले अल्लोमा बुटिक भर्ने,लोगो लगाउने र नाम लेख्ने किसिमको तालिम आश गरेका छन् । लिम्बुले थप्नुभयो,‘हामीमा धेरै लगानी छ । मेसिनमा उत्तिकै लगानी छ । त्यहीभएर मेसिनको अपेक्षा गरेका छौ ।’ प्रशिक्षक आशा आङवुहाङ लिम्बूले आफूले जानेजत्तिकै सिप सहभागीलाई सिकाइएको बताउनुभयो । तालिमसँगै अब बजारीकरणको लागि सहयोग हुनुपर्ने खाँचो औल्याइएको छ ।

हिमाली संरक्षण मंञ्चका कार्यकारी निर्देशक रमेश राईका अनुसार तालिममा सहभागीलाई आउँदो वर्ष तालिम तथा मेसिन उपलब्ध गराउने योजना छ । अल्लोको नर्सरी तयार गर्ने,तान वनाउने तथा वितरण गर्ने र बजार व्यवस्थापन लगायत कार्यक्रम छ । जिल्लाको अन्य स्थानिय तहबाट पनि तालिमको माग आएको राईले बताउनुभयो । झोला,टोपी,गलबन्दि,रुमाल र विभिन्न सामाग्री उत्पादन गर्ने संस्थाले योजना बनाएको छ । कार्यक्रमका अध्यक्ष तथा फुङलिङ नगरपालिका–१० फुरुम्बुका वडाअध्यक्ष सन्तोष लिम्बुले वडावासीले लिएको सिप अनुसारको उद्यम गर्न सहयोग गर्ने बताउनुभयो ।


फुरुम्बुमा दुई महिने (असोज २५–पुस १९) अल्लो प्रशोधन तथा कपडा बुनाई सिप विकास तालिम आयोजना गरिएको थियो । घरेलु तथा साना उद्योग कार्यालयको आयोजना र फुङलिङ नगरपालिका र हिमाली संरक्षण मंञ्चको समन्वयमा तालिम संञ्चालन गरेको हो । तालिममा १६ जनाको सहभागीता थियो ।

तालिममा बोईलिङ मेसिन (पकाउने भाडा),विटिङ मेसिन (कुट्ने मेसिन),रुवा बनाउने हेकल मेसिन र चर्खा उपलब्ध गराएको छ । हिमाली संरक्षण मञ्चको १३ लाख ५६ हजार,फुङलिङ नगरपालिकाको २ लाख र घरेलु तथा साना उद्योग कार्यालयबाट एक लाख ५२ हजार रुपैयाँ लगानी तालिम सञ्चालन भएको हिमाली संरक्षण मञ्च ताप्लेजुङले जनाएको छ ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo