असार ३१ गते २०८३
08:56: PM
असार ३१ गते २०८३
08:56: PM

ताप्लेजुङमा ६८ मानवअधिकारका घटना उल्लङ्घन

पौष १६ गते २०८०
6:46 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङमा ६८ मानवअधिकारका घटना उल्लङ्घन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रतिनिधि एलिना दियालीका अनुसार एक वर्षको अवधिमा ताप्लेजुङमा मानवअधिकार उल्लङ्घनका घटना भएका हुन् ।
सोमबार सदरमुकाम फुङ्लिङमा मानवअधिकार वर्ष पुस्तक वार्षिक समीक्षा कार्यक्रम आयोजना गर्दै मानवअधिकार उल्लङ्घनसम्बन्धी इन्सेक प्रतिनिधि दियालीले प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रस्तुत प्रतिवेदनअनुसार सबैभन्दा बढी करणी तथा यौनजन्य घटना रहेका छन् । एक वर्षको अवधिमा २६ वटा करणी तथा यौनजन्य घटना भएको उहाँले बताउनुभयो ।
प्रतिवेदनका अनुसार करणी तथा यौनजन्य घटनापछि घरेलु हिंसाका १८ घटना भएकोे छ । मानवअधिकार उल्लङ्घनका अन्य घटनामा मानव हत्या, अभद्र व्यवहार, कुटपिट, गालीगलौच, बहुविवाह, भौतिक संरचना क्षतिजस्ता रहेका छन् । ..

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo