श्रावण १० गते २०८३
07:48: AM
श्रावण १० गते २०८३
07:48: AM

पाथीभरामा केबलकार बनाउँन नदिने सङ्घर्ष समितिको चेतावनी

पौष १४ गते २०८०
6:55 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङ ; ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा(मुक्कुम्लुङ) क्षेत्रमा कुनै भौतिक संरचना बनाउँन नदिने मुकुम्लुङ संयुक्त सङ्घर्ष समिति र अन्य संगठनहहरुले चेतावनी दिएका छन् । पाथीभराको अस्तित्वलाई जोगाउँनका लागि जस्तो सुकै संर्घष गर्न पछि नहट्ने समेत चेतावनी दिएका छन् ।
पाथीभरा क्षेत्रमा लामो समय देखि केबलकार निर्माण बहस चलिहरको छ । केबलकार निर्माणका केहि प्रक्रियाहरु पुरा भएको छ । केबलकार निर्माण भएमा पाथीभराको अस्तित्वमा आँच आउँने भन्दै पाथीभरामा केबलकार निर्माण गर्न हुने भन्दै मुकुम्लुङ संयुक्त सङ्घर्ष समितिले आफ्नो विपरित मत राख्दै आएको छ ।
गत साता पाथीभरा मुक्कुम्लुङ केबलकार कम्पनीका अध्यक्ष चन्द्र प्रसाद ढकाल ताप्लेजुङको सदरमुकाम फुङ्लिङका एक अन्तरक्रिया कार्यक्रम गर्नुभएको थियो । त्यस कार्यक्रमा संर्घष समिति र केबलकार निर्माण कम्पनी बिच सहमत सहमती हुन सकेन । तर विभिन्न सञ्चार माध्यहरुमा केबलकार निर्माण हुनुपर्दछ भन्ने विषयमा समाचार प्रकाशन भएकाले समितिको ध्यानाकर्षण भएको भन्दै सनिबार पत्रकार सम्मेलन गर्नुभइको थियो । पाथीभरामा केबलकार निर्माण गर्न नहुने बताउँदै आएका ६ संस्थाहरूले कुनैपनि हालतमा केवलकार निर्माण गर्न नदिने दोहो¥याएका छन् ।
पत्रकार सम्मेलनमार्फत उहाँहरुले केवलकार निर्माण आफ्नो मुन्धुमीस्थल माथिको आक्रमणको रुपमा लिएको छ । केवलकार निर्माण खारेजी समिति, मुकुम्लुङ संयुक्त सङ्घर्ष समिति, प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति, किराँत धर्म तथा साहित्य उत्थान संघ, पहिचानका लागि युवा जिल्ला समिति र किराँत याक्थुङ चुम्लुङ जिल्ला समितिले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै उक्त चेतावनी दिएका हुन् । विकासको विरुद्धमा आफ्नो सङ्घर्ष नभएको उहाँहरूको दाबी छ । पाथीभरा केबलकार निर्माण स्थानीय समुदायको माग र मुद्दाको सम्बोधन विपरीत नाफाखोरीहरुको रजगजीको उपज भएको उहाँहरूले आरोप समेत लगाउँनुभएका छन् ।
विकासको नाममा याक्थुङ लिम्बूहरुको मुन्धुमी आध्यामिकस्थल माथि आक्रमण गर्नु अनिष्टकारी हुने समेत उहाँहरुले बताएका छन् ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo