श्रावण १० गते २०८३
08:48: AM
श्रावण १० गते २०८३
08:48: AM

साँझा पर्वको रुपमा विकास हुदै चासोक तङ्नाम

पौष १० गते २०८०
5:56 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङ,ताप्लेजुङ १० पुसः पूर्वका लिम्बू समुदायका मौलिक सांस्कृतिक चाड चासोक तङ्नाम मंगलबार भव्यरुपमा मनाएका छन् । नयाबाली भित्राउने बेलामा मनाइने चासोक तङनामको अवसरमा पुर्वका लिम्बू जातिहरुमा खुसियालीका साथ विभिन्न कार्यक्रम गरि चासोक तङ्नाम मनाएका छन ।


लिम्बूहरुले विगतमा प्रत्येक घर घरमा मनाउने चासोक तङनाम अहिले साझारुपमा मनाउन थालेका छन् । सामुहिकरुपमा सर्वजनिक ठाउँमाहरुमा मनाउन थालेका छन् । पूर्वका लिम्बू समुदायका मौलिक सांस्कृतिक चाड चासोक तङ्नाम ताप्लेजुङ सहित लिम्बू समुदाय बसोबास गर्ने जिल्लाहरुमा भव्यरुपमा मनाएका छन् ।

ताप्लेजुङ सहित पुर्वका नौ जिल्लामा छरिएर रहेका लिम्बु समुदाय देखि हङकङ, बेलायत, सिंगापुर, ब्रुनाई, भारतको सिक्किम, आसाम, वर्मा र थाइल्याण्डमा बस्ने लिम्बु समुदायले सामुहिक रुपमा मनाउने गरेका छन् ।


खेतवारीमा छरपोख गरेर अन्नवाली उव्जाएपछि आफ्नो इष्टदेव तागेरा निङ्वाफुमाङलाई पहिले अर्पण गरेपछि मात्र आफुले खाएर मनाउने खुशियालीको अवसरमा चासोक तङनाम मनाइने गरिएको छ । उक्त अवसरमा ताप्लेजुङको सदरमुकाम फुङ्लिमा येवा फेदाङमाबाट विधिवत सुरु गरी आफन्तहरु बीच सुख शान्ति र समृद्धिको कामना साटासाट गरिएको छ । ठूलाले सानालाई आशिर्वाद दिंदै टीका लगाइदिने छरछिमेकीवीच हुक्वा (खानेपारिकार) साटासाट गर्ने गरिएको छ ।


ताप्लेजुङमा गत पुस ४ गतेबाट कञ्चनजंघा सेसेलुङ गोल्ड कप सुरुभएसंगै चासोक तङ्नाम मनाउँन थालेको थियो । मंगलबार भने विशेष पर्वको रुपमा मनाएका छन् । गोल्ड कप भने भोली(बुधबार) फाइनल खेल हुने छ । खेलसंगै यस वर्षको चासोक तङ्नाम पर्व सकिने चासोक तङनाम सञ्चालन समितिका अध्यक्ष चन्द्र थेपेले बताउनुभयो ।


चासोकको अवसरमा तन्नेरीहरु च्याब्रुङ बजाएर नाच्दै साइनो नलाग्ने युवायुवतीहरु एकापसमा हात समाएर पालाम गाउदै धान नाच्ने गरेका छन् । यो चाडलाई लिम्बु समुदायहरु एकअर्काबीचमा एकता र मेलमिलापको रुपमा लिने गरेको आठराईत्रिवेणी गाउँपालिका अध्यक्ष दिपेन पोमुले बताउनुभयो ।


आफ्नो इष्टदेवसंग बल, बुद्धि, सुस्वास्थ्य र दीघार्युको वरदान पनि माग्दा पाउने लिम्बु समुदायको विश्वास रहिआएको फुङ्लिङ नगरपालिका नगर प्रमुख अमिर मादेनले बताउनुभयो । चासोक तङ्नाममा तोङ आप्मा, धनुकाड हान्ने, लि आप्मा, गुलेली हान्ने, खेङ आप्मा, माछा मार्ने, पक्लुङ लेप्मा, छेलो हान्ने, थाक थाक्मा जस्ता परम्परागत खेल प्रतियोगिता भएको चासोक तङ्नाम सञ्चालन समितिका सचिव दिनेश लिङखमले बताउनुभयो ।


आधुनिक प्रविधि, जीवनशैली, परिवर्तित समाज, भुमण्डलीकरण आदि कारणले नया पुस्ताले मौलिक सांस्कृतिक चाडपर्वहरु बिर्संदै गएकाले चुम्लुङले व्यबस्थित र सामुहिक रुपमा चासोक तङ्नाम मनाउदै नयाँ पुस्तालाई जानकारी दिने र हस्तान्तरण गर्ने उदेश्यले भव्यता दिन थालिएको लिम्बू समुदायहरुको साझाँ संस्था किराँत चुम्लुङ ताप्लेजुङका सचिव सरोज कङलिवाले बताउनुभयो । उहाँका अनुसार पुर्वमा यसलाई साझा सांस्कृतिक चाडको रुपमा विकसित गर्न प्रयास भइहेको बताउनुभयो ।…

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo