श्रावण ९ गते २०८३
01:21: AM
श्रावण ९ गते २०८३
01:21: AM

मुकेश मेमोरियल ताप्लेजुङ र पाथीभरा टाइगर क्लब दमकल फाईनमा प्रवेश

पौष ४ गते २०८०
7:41 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङ/ FD
पुसे मेला स्वर्ण महोत्सवमा अन्तर जिल्ला पुरुष भलिबलमा मुकेश मेमोरियल क्लब ताप्लेजुङ फाईनलमा प्रवेश गरेको छ । ताप्लेजुङको दोभान बजारमा जारी प्रतियोगितामा बुधबार (आज) भएको दोस्रो सेमिफाईनल खेलमा संखुवासभालाई सोझो सेटले पराजित गर्दै मुकेश मेमोरियल क्लब ताप्लेजुङ फाईनमा प्रवेश गरेको हो
मुकेश मेमोरियल क्लब ताप्लेजुङले संखुवासभालाई २५–२१,२५–१९,२६–२४ को सेटमा पराजित गर्दै पाथीभरा टाइगर भलिबल क्लब दमक झापासँगको भेट पक्का गरेको हो । त्यस्तै बुधबार (आज) भएको पहिलो सेमिफाईनल खेलमा भोजपुरलाई ३–१ सेटले पराजित गर्दै पाथीभरा टाइगर भलिबल क्लब दमक फाईनलमा प्रवेश गरेको छ । पाथीभरा टाइगर क्लब दमकले भोजपुरलाई १९–२५, २५–२२, २५–१६,२५–१२ ले पराजित गर्दै फाईनलको यात्रा पक्का गरेको हो । भोली(विहिबार) ताप्लेजुङ र दमक झपा बिच फाइनको लागि प्रतिप्रर्धा हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ नगदका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेता टिम एक लाख ५० हजार रुपैयाँ नगद पुरस्कारका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सेमिफाइनल प्रवेश गर्ने प्रत्येक टिमलाई सान्त्वना पुरस्कार स्वरुप नगद ५० हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र बितरण गरिने पुसे मेला आयोजक कमिटीका कोषाध्यक्ष रमेश चोङ्वाङले जानकारी दिनुभयो । …

तस्बिरः फाइल

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo