श्रावण १० गते २०८३
10:48: AM
श्रावण १० गते २०८३
10:48: AM

मेरिङदेन गाउँपालिकामा सार्वजनिक बिदा

पौष १ गते २०८०
8:06 pm
Author Avatar
फक्ताङलुङ दर्पण

मेरिङदेन गाउँपालिकाले दुई दिन स्थानीय बिदा दिएको छ । ताप्लेजुङको दोभानमा विगत ५० वर्ष देखि लाग्दै आएको ऐतिहासिक पुसे मेलाका लागि गाउँपालिकाले दुई दिन स्थानीय विदा दिने निर्णय गरेको हो ।
कार्यपालिकाको निर्णय अनुसार पुस ३ र ४ गते स्थानीय बिदा दिइएको मेरिङदेन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रत्नेश्वरप्रसाद साहाले बताउनुभयो । बिदाका दुई दिन पालिका क्षेत्र भित्रका सरकारी कार्यालय, सामुदायिक विद्यालय तथा संघ संस्था आकस्मिक बाहेकको सेवा बन्द हुने पालिकाले जनाएको छ ।
मेरिङदेन गाउँपालिका —३ खाम्लुङ र आठराई त्रिबेणी गाउँपालिकाको—५ चाँगेको संगमस्थल दोभानमा मेला ५ गतेसम्म मेला सञ्चालन हुने आयोजकले जनाएको छ । आइताबार यातायात बन्दका कारण खेलाडीहरू आइपुग्न नसकेकाले सोमबार विहान मात्र उद्घाटन हुने पुषे मेला स्वर्ण महोत्सव व्यवस्थापन समितिका अध्यक्ष हेम सिरिङ चोङबाङले बताउनुभयो ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo