माघ २९ गते २०८२
11:56: AM
माघ २९ गते २०८२
11:56: AM

तेस्रो संस्करणको सिरिजङ्गा गोल्ड कपको विजेता बन्यो इलाम

मंसिर २९ गते २०८०
7:26 pm
Author Avatar
फक्ताङलुङ दर्पण

देबेन्द्र बानिया/ताप्लेजु

ताप्लेजुङको तेल्लोकमा सम्पन्न तेस्रो सिरीजङ्गा गोल्ड कपको उपाधि इलाम सन्दकपुर को देउराली स्पोटिङ कल्वले उपाधि हात पारेको छ। शुक्रबार तेल्लोक माविको खेल मैदान भएको खेलमा ज्यू स्टार झापालाई दुई शुन्य (२—०) गोल अन्तरले पारजित गर्दै देउराली स्पोटिङ कल्वले तेस्रो संस्करणको सिरिजङ्गा गोलको नयाँ विजेता टोली बनेको हो।
देउराली सुटिङको जीतमा एक गोल उपहार पाएको थियो ।पहिलो हाफको २४ औं मिनेटमा अविसेक लिम्बूले आत्मघाती गोल गर्दै देउराली स्पोटिङ इलामले सुरुवाती अग्रता लिएको थिए। पहिलो हाफमा एक गोल गरेको इलामले दोस्रो हाफमा समेत एक गोल गरेको थियो । इलामका लागि दोस्रो हाफको २२ औं मिनेटमा विकेश लिम्बूले गोल गर्दै टिमले जीत हात परेको जनाइएको छ। झापाली टिमले केही अवसर प्राप्त गरे पनि अवसर सिर्जना गर्न नसक्दा उपविजेतामा सिमित भएको छ। विजेता भएको देउराली स्पोटिङ कल्वले ट्रफी मेडल प्रमाण पत्र सहित नगद रु २ लाख २ हजार प्राप्त गर्दा उपविजेतामा चित्त बुझाएको झापाली १ लाख ११ हजार रुपैयाँ चित्त बुझाएको छ।किरात लिम्बू साहित्यकर तथा लिम्बू भाषा लिविका पुनरुत्थान कर्ता सिरिजङ्गा सिंह थेवेको जन्म जयन्तीको अवसर पार्दै तेल्लोक स्पोटिङ कल्वले २०७७ साल बाट गोल कप हुँदै गएको छ। प्रतिनिधि सभा सदस्य उर्मिला थेवेको प्रमुख अथितिमा कार्यक्रम भएको तेल्लोक स्पोटिङ कल्वका अध्यक्ष अर्जुन भट्टराई ले जानकारी दिनुभयो।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo