फुङ्लिङ, ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा क्षेत्रमा फोहोर व्यवस्थापन गर्न थप डस्विनको व्यवस्थपन गरिएको छ । प्रभु बैँक शाखा ताप्लेजुङले पाथीभरा क्षेत्रमा फोहोर व्यस्थापन गर्न डिस्विनको व्यवस्था गरिएको हो । बैँकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत पाथीभरा जाने पदर्मागमा फोहोर मैला व्यवस्थापन गर्नका लागि डस्विनको व्यवस्थापन गरेको प्रभु बैंक ताप्लेजुङले जनाएको छ । पाथीभरा दर्शन गर्न आउँ जाउ गर्ने तीर्थयात्रीबाट हुने विभिन्न बोतल,ब्लास्टिक,कागजात जस्ता विभिन्न फाल्तु बस्तुहरुलाई एक ठाउँमा जम्मा गरेर फोहोर मैला व्यवस्थापन गर्न डस्विनको व्यवस्थापन गरिएको हो । पदर्मागमा फोहोर मैला व्यवस्थापन गर्नका लागि पाथीभरा क्षेत्र विकास समितिलाई ३२ थान डस्बिन हस्तारण गरेको छ । बैँक सामाजिक उत्तरदायित्व अन्तर्गत हिउँ र चिसोले नबिग्रिने एफआरपि डस्विन उपलब्ध गएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । प्रतिगोटा ६ हजार २ सय रुपैयाँ पर्ने डस्बिनको एक लाख ९८ हजार ४०० रुपैयाँ रहेको बैंकले जनाएको छ । पदमार्गमा आवश्यता अनुसार डस्विन राख्ने पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्वाङले बताउनुभयो । पाथीभरा क्षेत्रमा डस्विन उपलब्ध गराएर जैविकविविधता संरक्षण गर्नु साथै फोहोर व्यवस्थापनमा बैंकले सहयोग गरेको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले बताउनुभयो । पाथीभरामा दर्शन गर्न दैनिक हजारौंको संख्यामा तीर्थयात्री आउ जाउँ हुने गर्दछ । ..