श्रावण १० गते २०८३
06:24: AM
श्रावण १० गते २०८३
06:24: AM

मेची राजमार्गमा यातायात ठप्प,तीर्थयात्रीलाई सास्ती

मंसिर १२ गते २०८०
1:48 pm
Author Avatar
फक्ताङलुङ दर्पण

देवेन्द्र बानियाँ

ताप्लेजुङ/कोशी प्रदेश नामविरुद्व आन्दोलन गरिरहेको प्रदेश १ पुनःनामांकन संयुक्त संघर्ष समितिले आह्वान गरेको बन्दका कारण मंगलबार बिहानैदेखि मेची राजमार्गहुदै पाथीभरा आएका सयौ यात्रु बीच बाटोमै अलपत्र परेका छन् । मेची राजमार्गमा यातायात ठप्प तिर्थयात्रीहरु समेत प्रभावित हुन पुगेको हो ।
यातायात नचल्दा मेची राजमार्गको ताप्लेजुङ पाँचथर खण्डअन्तर्गत काबेली , गणेश चोक क्षेत्रमा बिहानै देखि यातायात ठप्प रहेको छ । गत शनिबार गृह जिल्ला ताप्लेजुङ आउनुएका एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईलाई कालो झण्डा देखाउनुका साथै गाडी तोडफोड गरेको अभियोगमा प्रहरीले पक्राउ गरेका २ जना पहिचानवादी कार्यकर्ता रिहाइको माग गर्दै राजमार्ग बन्द गराइएको सङ्घर्ष समितिको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
प्रहरीले पहिचान पक्षधर पाथीभरा याङवराक –३तिरिङ्गे निवासी विविन कालिङवा र आनन्द कालिङवालाई झुटो आरोप लगाएर मंसिर ११ गते पक्राउ गरेको दाबी संघर्ष समितिको छ । प्रहरीले भने शान्ति सुरक्षा बिथोलेका कारण उहाँहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
बन्दका कारण मेची राजमार्गको इलाम फिदिम ताप्लेजुङ–फिदिम र फिदिम–इलाम सडक खण्डमा बिहानैदेखि यातायातका साधन चलेका छैनन् । बन्धका कारण प्रसिद्ध धर्मिक स्थल पाथिभरा दर्शन गर्न आएका सयौ यात्रु बीच बाटोमै बसेका छन् । पहिचान पक्षधरहरूले ठाउँ–ठाउँमा उभिएर छिटफुट चलेका साधन पनि रोकिरहेका छन् ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo