फुङ्लिङ, नेकपा एमालेका सचिव एबं प्रतिनिधिसभाका सांसद योगेश कुमार भट्टराई चढेको गाडिमा तोडफोड भएको छ । ताप्लेजुङवाट काठमाण्डौं फर्कने क्रममा फुङलिङ—४ तोक्मेडाँडा बसपार्क नजिकै पहिचानवादी समुहले आक्रमण गरेका हुन । सात,आठ जनाको समुहमा रहेकाहरुले भट्टराई सवार गाडिमा ढुङगा र लाठिले हानेको एमालेका कार्यवाहक अध्यक्ष सन्तोष खतिवडाले जानकारी बताउनुभयो । पहिचानवादीले हानेको ढुङगा भट्टराई सवार गाडिको अगाडि लागेको प्रत्यक्षदर्शीले वताएका छन्। भट्टराईको गाडिलाई सशस्त्र र नेपाल प्रहरीको स्कटिङमा लगिएको थियो । शिशाहरु छरपस्ट भएपनि मान्छेभने केही नभएको एमालेले जनाएको छ । यसअघि मध्यान्ह एमाले र पहिचान पक्षधर कार्यकर्ताविच झडप भएको थियो । भट्टराईको निवास अगाडी प्रदर्शन समेत गरेका थिए । दसैं, तिहार, छठ, नेपाल सम्वत जस्ता चाडपर्वको अवसरमा भट्टराई सहित एमालेवाट निर्बाचित सांसदहरु उर्मीला थेवे र प्रदेश सांसद तिलकुमार मेन्याङवोले चियापान कार्यक्रम आयोजना गर्नुृभएको थियो । दिउसो १ वजेदेखि पार्टी कार्यालयमा भएको चियापान सकेर फर्कने क्रममा आक्रमण भएको खतिवडाले बताउनुभयो । प्रदेश १ पुन नामांकन संयुत्त संघर्ष समितिले कोशी प्रदेश नामको खारेजीको माग गर्दै आन्दोलन गरिरहेका छन । यसअघि एमालेकै प्रदेश सांसद तिलकुमार मेन्याङवो, माओवादीका इन्द्र आङवो लगायतका नेतामाथी यही क्षेत्रमा आक्रमण गरिएको थियो ।