देवेन्द्र बानियाँ/ताप्लेजुङ ताप्लेजुङमा करेन्ट लागेर एक जना युवकको ज्यान गएको छ ज्यान जानेमा जिल्लाको मेरिङदेन गाउँपालिका वडा नं ४ का १९ बर्षिय मिलन नाल्वो लिम्बूको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कमल कुमार लुङ्गेलीले जानकारी दिनुभयो । उहाँका अनुसार करेन्ट लागेर घाइते अवस्थामा उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याईएकोमा चिकित्सकले लिम्बुलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतक लिम्बू युनाईटेड मेवाखोला हाईड्रो अन्र्तगत साउथ एशियसन कन्ट्रसनको क्रसर प्लान्टमा काम गर्दै आउनु भएको थियो । घटना कसरी भयो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।