कञ्चजंघा क्षेत्रमा दसैँ तिहारको समयमा पर्यटकहरुको संख्या बढ्यो
Phaktanglung Darpan
मंसिर ४ गते २०८०
8:34 am
फक्ताङलुङ दर्पण
ताप्लेजुङ ः विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा क्षेत्रमा दसैँ तिरहारको समय बाह्य पर्यटकहरुको संख्या बढ्ेको छ । कोभिड—१९ का करणले करिब चार वर्ष यस क्षेत्र सुनसान जस्तै बनेको कञ्चजंघा क्षेत्रमा यस वर्षको दसैँ तिहारको समय भने पर्यटकहरुको संख्या बढेको हो । कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालय घुन्सा चेक पोष्टका पर्यटन सहायक टाँसी तेन्जिङका अनुसार दसैँ र तिहारको समयमा ४०० जना विदेशी पर्यटक आएको छन् । कञ्चनजंघा क्षेत्रमा असोज महिना देखि पर्यटकहरुको आगमन सुरु हुने गरेको शेर्पाले बताउनुभयो । असोज,कातिक र मंसिर २ गते सम्ममा ६५० जना बाह्य पर्यटक कञ्चनजंघा क्षेत्रमा अवलोकन गर्नु आएको घुन्सा पर्यटन चेक पोष्ट कार्यालयले जनाएको छ । विगतको तुलनामा यस वर्ष आन्तरिक पर्यटकहरु वृद्धि भएको छ । तर आन्तरिक पर्यटकहरुको भने अहिले सम्म कुनै निकायले तथ्याङक राख्ने गरेको छनै । पर्यटकहरुको आगमनले कञ्चनजंघा क्षेत्रका पर्यटन व्यवसायी उत्साहित भएको घुन्साका पर्यटन व्यवसायी पेमा शेर्पाले बताउनुभयो । कञ्चनजंघा क्षेत्रका समुदायहरु पर्यटन व्यवसायमा निर्भर हुदै आएका छन् । वर्षमा दुई सिजन यस क्षेत्रमा पर्यटकहरु आउने गर्दछन् । अहिले चिसो मौंसम सुरुभएसंगै पर्यटहरुको आगनम कमी हुदै गएको पर्यटन सहायक टाँसी तेन्जिङ शेर्पाले बताउनुभयो । गत वर्ष असोस, कात्तिक र मंसिर महिनाम ४५० जना बाह्य पर्यटकले कञ्चनजंघा क्षेत्रको अवलोकन गर्न पुगेको थियो .