श्रावण १० गते २०८३
06:59: AM
श्रावण १० गते २०८३
06:59: AM

राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको १३९ औं जयन्ती मनाइयो

कार्तिक २५ गते २०८०
6:37 pm
Author Avatar
फक्ताङलुङ दर्पण

फुङ्लिङ, १६ औं राष्ट्रिय विभूति एवं किरात धर्मका प्रवर्तक महागुरु फाल्गुनन्द लिङदेनको १३९ औं जन्मजयन्ती शनिबार मनाइएको छ । ताप्लेजुङ कोशी प्रदेशका जिल्लाहरुमा विभिन्न कार्यक्रम आयोजना गरी फाल्गुनन्दको जयन्ती मनाइएको हो ।
ताप्लेजुङको फुङ्लिङ सहित पाँचथरको फिदिम,फाल्गुनन्दको कर्मभूमि लव्रेकुटी, तपोभूमि शिलौती जोरपोखरी, फाल्गुनन्द गाउँपालिका, गोपेटार, मिक्लाजुङ, ताप्लेजुङ इलाम, तेह्रथुम, धनकुटा र मोरङलगायत स्थानका माङहिममा किरात धर्मावलम्बीहरुले विभिन्न कार्यक्रम र पूजाआजासहित दिवस मनाएका छन् ।
फाल्गुनन्द जयन्तीका अवसरमा माङहिमहरुमा विशेष सेवा, पूजाआराधना, सांस्कृतिक कार्यक्रम, धार्मिक अनुष्ठान, प्रवचन र खेलकुद आयोजना गरिएको किरात धर्म तथा साहित्य उत्थान संघ ताप्लेजुङले जनाएको छ । विक्रम सम्वत् १९४२ साल कात्तिक २५ गते इलामको चुक्चिनाम्वामा जन्मिएका फलामसिंह लिङ्देन (फाल्गुनन्द) ले १९८८ वैशाख २४ गते पाँचथरको शिलौतीमा पुर्वी नेपालअन्तर्गत १० लिम्बूवान १७ थुमका अग्रजहरुलाई भेला पारेर सत्यधर्म मुचुल्का घोषणा गर्दै समाज सुधारको बिगुल फुकेका थियो । त्यहीअनुसार किरात धर्मावलम्बीले कात्तिक २५ र वैशाख २४ गते विशेष कार्यक्रम आयोजना गरेर मनाउने गरेका छन् ।
सत्यधर्म मुचुल्का जारी गरेपछि फाल्गुनन्दलाई समाज सुधारकका रुपमा लिने गरिएको इतिहास छ । घर गाउँमा मदिरा सेवनका कारण दैनिक जसो हुने झगडा र मुद्दामामिलासम्म पुग्ने गर्छन् ।
इलाममा जन्मेर पाँचथरलाई कर्मभूमि बनाइ जीवनको अन्तिम घडीसम्म सांस्कृतिक अभियानको ज्ञानपुञ्ज छर्न उद्वत उनले प्रतिपादन गरेको सिद्वान्त र सांस्कृतिक अभियानलाई निरन्तरता दिन इलामको बाँझो– (लारुम्बा) र पाँचथरको शिलौतीलगायतका स्थानलाई किरात धार्मिक तथा सांस्कृतिक तथा धार्मिक पर्यटन केन्द्रमार्फत प्रचारप्रसार गरिँदैछ । उनको निधन २००५ चैत २२ गते भएको थियो । फाल्गुनन्दललाई नेपाल सरकारले २०६६ मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो ।…

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo