देबेन्द्र बानिया/ताप्लेजुङ दसैंमा ताप्लेजुङको सिदिङवा गाउँ पालिका—७ सुरूमखिम जान साजन राई टिकेट लिन शुक्रबार बिहान साढे ८ बजे नै बिर्तामोडको बसपार्क काउन्टरमा लाइन बस्न गए। तर साँझ ५ बजे सम्म पनि उनले टिकेट पाउन सकेनन् । दिउँसो देखि साँझ सम्म उहाँ भोकभोकै लाइनमा उभिरहे । दिन भर भोक न प्यास लाइनमा बसिरहे उहाँले पीडा पोखे दिनभर लाइनमा लाइनमा उभिएका दुःख कष्ठ नबुझी साँझ ५ बजे यात्रुको भिड काउन्टर बन्द गरियो ।दिनभर लाइनमा उभिएका यात्रु एकासी काउन्टर बन्द हुँदा खाली हात नै घर फर्किए। दिन भर लाइनमा बस्दा समेत टिकट नपाउँदा साह्रै पीडा भएको उहाँले दुखेसो पोखे।
दसैँमा सधैं यात्रुलाई कष्ट सहेर टिकेट काट्नुपर्ने बाध्यता छ। धेरै यात्रुको चाप हुने ठाउँमा काउन्टर थप गरेर टिकेट काट्न व्यवस्था मिलाउनु को साटो एउटै काउन्टरको भर पर्दा र काउण्टरको सङ्ख्या कम हुँदा दसैंमा घर जाने यात्रु घण्टौं समय सम्म उभिएर पर्ने वाध्यता रहेको फक्ताङ्लुङ गाउँपालिकाका नवीन हेल्लोक बताउनु भयो। फक्ताङ्लुङ जाने यात्रुले टिकेटको लागि सधैं यस्तै संघर्ष गर्नुपर्ने बाध्यता रहेको छ। गत वर्ष पनि यी गाउँमा जाने यात्रुले टिकेटको लागि यस्तै सास्ती झेल्नुपरेको उहाँले भन्नुभयो । उता सिरिजघा गाउँ पालिकाका विनोद गुरुङ ,सुरुमा चलिरहेको गाडीको टिकेट बुकिङ हुने र त्यपछि थप हुन्न नसक्दा घर जान समेत कष्ट रहेको बताउनु हुन्छ। फुङ्लिङ बाट याम्फुदिन सम्मको यात्रुलाई सडकको समस्याले गर्दा पुग्न समस्या छ चालक प्रदीप लिम्बू बताउँछन् । सडक निर्माण नहुँदा दुःख कष्टको गर्दै यात्रुलाई गाउँ सम्म पुर्याउने गरेको उहाँले बताउनुभयो । सामुदायीक तथा निजि विद्यालयले दसैं तिहाको बिदा हुन थाले पछि जिल्लाका ६१वटै वडाका विद्यार्थी , फुङ्लिङ बजारमा देहेरा बस्दै आएका सर्वसाधरण घर फर्किन थाल्दा ताप्लेजुङका काउन्टरमा टिकेट काट्न यात्रुको संख्या बढ्दै जाँदा बिस्तारै फुङ्लिङ बजार सुनसान हुँदै गएको छ।