श्रावण १० गते २०८३
06:57: AM
श्रावण १० गते २०८३
06:57: AM

दर्गम बस्तिहरुमा फोजी सेवामार्फत इन्टरनेट पहुँज पुग्दै

असाेज १९ गते २०८०
1:38 pm
Author Avatar
फक्ताङलुङ दर्पण

पछिल्लो समयमा ताप्लेजुङका दुर्गम बस्तिहरुमा फोजी सेवामार्फत इन्टरनेटको पुहुँज पुग्न थालेको छ । गाउँ—गाउँमा नयाँ फोजी टावर जडन साथै पुराना टावरहरुलाई फोजीमा स्तरउन्ती गरिएसंगै ताप्लेजुङको दुर्गम बस्तिहरुमा फोजी सेवामार्फत इन्टरनेटको पहँुजमा पगेको छ ।
केही समय अगाडी मोवाइल सेवा समेत नभएको बस्तिहरुमा फोजी सेवा सुचारुभएसंगै स्थानिय उत्साहित भएका छन् । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ मुरिङला डाँडामा विहिवार देखि फोजी सेवा सरुभएसंगै आफ्नै घरबाट इन्टरनेट उपभोग गर्न पाएको स्थानीय रोशन लिम्बूले बताउनुभयो । दुरसञ्चार कार्यालयले फोजीको जडान गरेसंगै फक्ताङलुङ गाउँपालिकामा फोजी सेवा सुचारुभएको हो ।
गत भदौ महिनाको पहिलो साता फक्ताङलुङ गाउँपालिको लोवा डाँडामा नेपाल टेलिकमको फोजी टावर मार्फत सेवा सुरु गरेको थियो । उत्त टावरले फक्तालुङको माथिल्लो क्षेत्रमा सञ्चारको क्षेत्रमा अर्को फड्को मारेको छ । फोरजी सेवा सञ्चालनमा आएसंगै लेलेपको साँगु, बतासे, मादिबुङ, फेम्बु, लेलेप, लुङथुङ, सेकाथुम लावाजिन, किसोङ्मा, अम्जीलेसा र तापेथोकको हेल्लोक, यासाङ, सोत्लिमा, तापेथोक र इखाबुको केही क्षेत्रमा सुविधा पुगेको नेपाल दुरसञ्चार कायाएलय ताप्लेजुङले जनाएको छ । फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बुका अनुसार यस सेवा मार्फत फक्ताङलुुङ गाउँपालिकाका नागरिकहरु प्रत्यक्षरुपमा लाभान्वित भएका छन् ।
यसबाट स्थानीय समुदाय मात्रै नभएर कञ्च्नजंघा क्षेत्रमा आउने हजारौं पर्यटकहरुलाई पनि सेवा पुग्ने र विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुले दिने सेवामा पनि यस सेवामार्फत इन्टरनेट उपयोग गरि सहजता हुने गाउँपालिकाका प्रमुख राजन लिम्बुको सचिालय मार्फत जानकारी गराउनुभएको छ । २०७४ सालमा फक्ताङलुङ गाउँपालिकाको लेलेपस्थित मुरिङ्ला डाँडामा नेपाल टेलिकमको टुजी सेवा विस्तार भएपछि मात्र यस क्षेत्रमा मोवाइल सेवा विस्तार भएको थियो । मुरिङला टावर टुजी मात्र हुदाँ सेवा प्रभावकारी नभएको गुनासो बारम्बार आएको थियो । तर अहिले फोजी सेवा सुरुभएसंगै गाउँ—गाउँमा इन्टरनेट चलाउँन थालेका छन् । फक्ताङलुङ गाउँपालिकाको तल्लो भेगहरु वडा नं. १, २, ३, ४ हरु सावादिन, खेजेनिम, लिङ्खिम र इखाबुका अधिकाँस भेगमा विगतदेखि नै नेपाल टेलिकम र एनसेलको फोरजी सहितको सेवा विस्तार भैसकेका छन् । फक्ताङलुङ–६ को घुन्सामा र ओलाङचुङगोला बस्ती आसपासलाई लक्षित गरि नेपाल टेलिकमले सेटलाइट प्रविधिबाट टुजी सेवा विस्तार गरिर मोबाइल सेवा दिदैआएको छ ।
स्थानीय समाजसेवी तेञ्जिङ वालुङका अनुसार यो स्थानमा टावर निर्माणको लागि तत्कालीन प्रदेश १ का माननीय मन्त्री प्रतापप्रकाश हाङगामले पहल गर्नुभएको थियो । त्यसपछि पछिल्लो समय फक्ताङलुङ गाउँपालिकाले पनि यसमा पहल गरेको छ । सामाग्रीहरु ढुवानीदेखि लिएर यसको जडानका लागि सम्बन्धित निकायमा पहलकदमी गरेर मात्रै यो सम्भव भएको फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बुले बताउनुभयो । अध्यक्ष लिम्बुका अनुसार अब सोही पालिकाको—७ को हिलेखर्कमा ओलाङचुङगोलाको लागि फोरजी टावर राख्नका लागि सर्भेको काम सकिएको छ भने घुन्सातर्फ पनि टावर राख्नका लागि पहिलो चरणको सर्वे सकिएको छ । फक्ताङलुङ गाउँपालिकाको सवै क्षेत्रमा अवको एक वर्षमा फोरजी सेवा सञ्चालन हुने लिम्बूले बताउनुभयो ।
यस क्षेत्रका बासिन्दाले विगतका दिनमा इन्टरनेटको सेवा उपयोग गर्न पाएको थिएन । आजको समय इन्टरनेटको समय हो । विदेशमा रहेको आफन्तसंग कुराकानी गर्न र खबर आदानप्रदान गर्न पनि इन्टरनेट अनिबार्य जस्तै भएको छ । यसबाट यस क्षेत्रका बासिन्दा बञ्चित हुदै आएकोमा यस क्षेत्रका सञ्चालन भएको फोरजी सेवाले यहाँका बासिन्दालाई विश्वसंग जोडिदिएको छ । यस क्षेत्रका लागि यो सुचना तथा सञ्चारको क्षेत्रमा नयाँ फड्कोको रुपमा लिन सकिन्छ । फक्ताङलुङ–६, लुङथुङका मिङ्मा शेर्पाले विदेशमा रहेको छोरीसंग परिवार बसेर भिडियो कलमा बोल्न पाउँदा मनै प्रफुल्ल भएको बताउनुभयो ।
याता बुधबार देखि ताप्लेजुङको पूर्वी सिदिङ्वा गाउँपालिकामा एनसेलको फोरजी सेवा विस्तार भएको छ । केही वर्ष अघिसम्म राम्ररी मोबाइल सम्पर्कसमेत नहुने क्षेत्रमा एनसेल कम्पनीले फोरजी इन्टरनेट सेवा विस्तार गरेको हो । पछिल्लो समय तीब्र रुपमा इन्टरनेटको प्रयोग र माग बढिरहेका बेला एनसेलले दुर्गमका गाउँ–गाउँसम्म इन्टरनेट सेवा बिस्तार गर्दै आएको छ । जिल्लाको एक दुर्गम क्षेत्र मानिने भारतको सिक्किमसँग सीमा जोडिएको सिदिङ्वा गाउँपालिमा पनि एनसेलले फोरजी इन्टरनेट सेवा विस्तार गरेको छ । एनसेलले गाउँपालिकाको वडा ६ मेहेलेस्थित नेकडाँडामा टावर निर्माण गरी फोरजी सेवा सुचारु गरेको हो ।
एनसेलले आफ्ना सेवाग्राहीलाई द्रूत इन्टरनेट सुविधा प्रवाह गर्नेगरी फोजजी सेवा विस्तार गरेको जनाएको छ । स्थानीय ओमेन्सा राईका अनुसार एनसेलको फोरजी सेवा जडान भएसँगै सोमबारदेखि इन्टरनेट सञ्चालनमा आएको छ । मेहेलेसहित सिदिङ्वाका अधिकांस वडालगायत आसपासका क्षेत्रमा फोरजी इन्टरनेट सेवा राम्ररी चल्न थालेको राईले जानकारी दिनुभयो ।
उहाँका अनुसार पछिल्लो समय गाउँघरमा मोबाइल नचलाउने न्युन रहेका र एनड्रोइट मोबाइल सेट तथा एनसेलको सिमकार्ड प्रयोग गर्नेका लागि फोरजी सेवाले इन्टरनेटमा राम्रो सुविधा मिलेको छ । फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ता साथै सरकारी तथा अन्य सङ्घ÷संस्थाको कार्यालयमा हुने इन्टरनेट प्रयोगका लागिसमेत सुविधा भएको बताइएको छ । …

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo