श्रावण १० गते २०८३
07:41: AM
श्रावण १० गते २०८३
07:41: AM

संविधान दिवसः संघीयताको अनुुभुती गर्दै नागरिक

असाेज ३ गते २०८०
4:51 pm
Author Avatar
फक्ताङलुङ दर्पण

फक्ताङलुङ गाउँपालिका—६ घुन्साका पेम्बा शेर्पा विगत नौ वर्ष अगाडी योजना सम्झांैता गर्न चार दिन हिडेर सदरमुकाम पुग्नु हुन्थ्यो । योजना सम्झांैता गरेर गाउँ पुग्न करिब ११ दिन समय खर्च गर्नु पथ्र्याे । तर अहिले शेर्पाले कुनै योजना सम्झौत गर्न तीन दिनमा काम सकेर घर पुग्नुहुन्छ ।
संघीयता संरचानामा नेपाल गएसंगै फक्ताङलुङ गाउँपालिकाको केन्द्र शेर्पाको गाउँ नजिकै स्थापन भएसंगै प्रायःजसो अहिले शेर्पाको दरमुकाम फुङ्लिङ थाउनु परेको छनै । अहिले पनि घुन्सा गाउँ देखि वडा कार्यालय पुग्न एक दिन पुरै लाग्छ । शेर्पाले भन्नुभयो“गाउँपालिका आए पछि केही सहज भएको छ । अगाडी योजना सम्झौत गर्न दुई साता लाग्थ्यो भने अहिले तीन दिन हुन्छ । तर कहिले कहि कर्मचारीहरुले काम गरिदिदैन अलिक दिन बस्नु पर्ने हुन्छ ।” शेर्पाका अनुसार घन्सा गाउँमा ५० घर परिवार,फले टारमा ४० घर, .ग्याप्ला १२ घर र थाङकेम ६ घर परिवारका लागि छुटै वडा बनाएमा अझ संघियताको अनुभुती हुने शेर्पाले बताउनुभयो ।
फक्ताङलुङ गाउँपालिका—१ का वडा अध्यक्ष यज्ञ प्रसाद लिम्बूका अनुसार सात वटा वडा मिलेर फक्ताङलुङ गाउँपालिका बनेको हो । घुन्सा क्षेका गाउँहरु समेटेर छुटै वडा बनाउनका लागि फक्ताङलुङ गाउँपालिका कार्यपालिकामा पहिलो कार्यकालमै प्रस्ताप आएको थियो । तर अहिले सम्म त्यो प्रस्ता विचाराधीन छ । मेरिङदेन गाउँपालिकाका विमना लिम्बू सदरमुकाम नआएको वर्ष दिन भयो । उहाँको घर नजिकै गाउँपालिका केन्द्र स्थापना भयो । आर्थिक कारोबार गर्न लागि पनि गाउँपालिका मै बैंक खुले पछि अझ सदरमुकाम जान पर्ने खासै काम नभएको लिम्बूले बतानुभयो । सिदिङवा गाउँपालिका—४ का फुलमाया लिम्बूले पढाई सकेसंगै आफ्नै गाउँ नजिकै रहेका गाउँपालिका रोजगारीको अवसर पाउँनु भयो । आफ्नो पढाई अनुसारको गाउँमा नै रोजगारी पाउँदा निकै खुशी लागेको लिम्बूले बताउनुभयो ।
गाउँ—गाउँमा पालिका केन्द्र स्थापना भएसंगै अहिले पालिका आशबासमा बजार विस्तार हुदै गएको छ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ देखि प्रत्येक पालिका केन्द्र सम्म यातायाता साधान(गाडी) चल्दै आएको छ । गाउँपालिका स्थापना भएसंगै गाउँ गाउँमा विकासले गति लिएन थालेको सिरिजंघा गाउँपालिका—६ हर्क लिम्बूले बताउनुभयो । ताप्लेजुङमा एक नगरपालिका सहित नौ स्थानीय तह रहेका छन । जसमा अहिले गाउँ गाउँमा ६१ वडा कार्यालयहरु सञ्चालनमा छ । सदरमुकाम देखि सबै वडा सम्म यातायातको बहँज पुगेकाले पनि नागरिकहरुलाई संघियताको अनुभुती गर्न पाएको लिम्बूले बताउनुभयो ।
विगतका वर्षहरुमा दुर्गम बस्तिहरुमा उपचार नपाएर अकालमै ज्यान गुमाउन पर्ने हुन्र्थो । धरैको उपचार गर्न अस्पताल सम्म बोगेर लानु पर्ने हुन्थो । अस्पताल लैजादा जादै धेरैको अस्पताल नपुकी बिच बाटो ज्यान गुमाउँन पर्ने बाध्यता थियो । स्थानीय सरकार आएसंगै प्रत्येका टोल टोलमा स्वास्थ्य चौंकी र सामुदायीक स्वास्थ्य एकाई स्थापना भई नागरिकहरुलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन् ।
स्वास्थ्य चौंकीबाट अन्य अस्पताल सम्म लानका लागि प्रत्येक गाउँपालिकाहरुले आफ्नै स्वमित्वमा एम्बुलेन्स सन्चालन गर्दै आएको छ । फक्ताङलुङ गाउँपालिका नागरिकहरुलाई जिल्ला भित्र निशुल्क सेवा दिदै आएको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताउनुभयो । अन्य गाउँपालिकाहरुले पनि महिला, बिपन्न परिवार, अपाङगता,ज्येष्ठ नागरिकहरुलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै आएका छन् ।
स्थानीय आएसंगै गाउँ—गाउँमा सञ्चालनमा रहेको समुदायिक विद्यालयहरुको शिक्षण सिकाईको गुणस्तमा समेत सुधार हुदै गएको मिक्वाखोला गाउँपालिका—५ का सुख बहादुर लिम्बूले बताउनुभयो । शिक्षाका गुणस्तरमा सुधार आएसंगै गाउँका विद्यालयहरुमा विद्यार्थीहको चाप पर्दै गएको लिम्बूले बताउनुभयो । प्रत्येक पालिकाहरुले आफ्नै शिक्ष ऐन बनाएर कार्यन्वयनका चरणमा रहेको छ ।
संविधानले परिकल्पना अनरुप तीन सरकार सञ्चालनमा रहेको छ । नागरिकहरुको सबै भन्दा नजिकको सरकार भनेको स्थानीय सरकार हो । रहेक नागरिकहरुको समस्याहरुमा स्थानीय सरकार उपस्थित भएको हुन्छ ।
उकालो डटकमका उपसम्पादक तथा सञ्चारकर्मी सिताराम गरागाईका अनुसार संविधान बनेपछि खासगरी समावेशीकरणको मुद्दामा धेरै प्रगति भएको छ । राज्यको मूलधारमा आउन नसकेका वर्ग र समुदायलाई मूलधारमा ल्याउन हाम्रो संविधानमा प्रशस्त व्यवस्था गरिएको छ । यसबाट शासन प्रणालीका विभिन्न अंगमा महिला, आदिवासी जनजाति, दलित, मधेशीलगायत पछाडि पारिएका समुदायका व्यक्तिको प्रतिनिधित्व बढेको गुरागाईले बताउनुभयो ।
“संविधान नेपाली जनताले आफ्ना अधिकारका लागी आजसम्म गरेका सबै संघर्ष र आन्दोलनहरुको समुच्च निस्कर्ष र एकमुष्ट उपलब्धि हो । यसमा उल्लेखित सबै धारा र उपधाराहरु बलिदानका स्वर्णिम अक्षरहरुले लेखिएका छन् । यसले नयाँ नेपालको मार्गचित्र तयार गरेको छ ।” अधिवक्ता तथा मैवाखोला गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले भन्नुभयो “गणतन्त्र,संघीयता,धर्मनिरपेक्षता , शासन संचालनमा समानुपातिक सहभागीता, स्वतन्त्र परराष्ट्र निति तथा लोककल्याणकारी राज्यको चरीत्र,स्वतन्त्र न्यायपालिका, शक्ति पृथकिकरणको सिद्धांत, बिधिको शासन र मौलिक हकहरुको सुनिश्चिततालाई आधार मान्दै बर्तमान राज्य चरीत्रलाई समाजबाद उन्मुख ब्याबस्थामा रुपान्तरण गर्ने स्पष्ट रोडम्याप यो संविधानको मुलभुत बिशेषताहरु हुन् ।” निर्माणको हिसाबले ८ बर्ष बितेपनी ब्यबस्थित र पुर्ण कार्यान्वयनको हिसाबले यो संविधान अझै पनि प्रारम्भिक अबस्थामै रहेको वनेमले बताउनुभयो । अवनेमका अनुसार संविधान देशको मुल कानुन भएकाले यसले परिकल्पना गरे अनुसार अन्य कानुनहरु अनुरुप बनाउने,पुरानाहरुलाई संशोधन गर्ने,बिस्थापन गरि नयाँ ऐनहरु जतिसक्दो चाडो बनाएर लागू गर्नुपर्दछ । जुन काम एकदमै ढिलो भइरहेको छ । संविधानले सस्थागत गरेको संघीयताको मर्म अनुसार देश संचालन गर्नुपर्दछ, संघ,प्रदेश र स्थानीय सरकारहरुको बिचमा असन्तुलन आउनेगरी कुनैपनी कानुनहरु निर्माण गरिनुहुन्न । उहाँले भन्नुभयो “रातरहे अग्राख पलाउछ भने झैं यो काम जति ढिला भयो त्यति नै संविधानको कार्यान्वयनमा ठुलाठुला चुनौतीहरु देखापर्न थाल्छन् जस्को सङ्केतहरु देखिन थालेका छन् । यो संविधानको रक्षाका लागि यसको निम्ति लड्ने सबै नागरिकहरु स्वयं लाग्नुपर्ने अबस्था आएको छ ।” संविधान ब्यबस्थित र योजनाबद्ध कार्यान्वयन गर्न सक्यौं भने समाजबाद उन्मुक्त नयाँ राज्य ब्यबस्था स्थापना गर्नसक्छौ । यसतर्फ सबै मिलेर लाग्न समेत आग्रह गर्नु भयो ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo