बेलायतको बहुचर्चित नेपाली मेलामा किरात धर्मको झाँकि प्रदर्शन
Phaktanglung Darpan
भाद्र २५ गते २०८३
10:24 pm
फक्ताङलुङ दर्पण
ज्ञानु फुरुम्बो चरपे /युके
गत ३०ूअगष्ट २०२६ गतेका दिन तुमुधीं युकेले आयोजना गर्दै आएको १७ ओैँ बहुचर्चित नेपाली मेलामा किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेले आफ्ना मौलिक भेषभुषा,माङलाङ सहित सहभागी भएर झाँकि प्रर्दशर्न गरेको थियो ।
बेलायतको प्झउतयल उबचप च्बअभअयगचकभ भएको मेलामा किरात धर्म साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेका उपाध्यक्ष लाल लिङदेनको संयोजकमा उक्त मौलिक माङलाङ प्रस्तुत गरिएको हो । बेलायतमा रहेका किरात धर्मलवम्वीहरुको बाक्लो उपस्थितिमा तागावा,मेक्ली र माङलाङ सहित सहभागी जनाएको हो । हरेक बर्ष आयोजना हुने नेपाली मेलामा यस संस्थाले आफ्ना प्रतिनिधी जनाउदै आएको छ । उक्त झाँकी प्रदर्शनमा उत्साहजनक सहभागीता जनाउनेहरुका लागि भने संस्थाका सहकोषध्यक्ष मनिस सेर्माले व्यवस्थापन गर्नु भएको थियो ।
बेलायतमा नेपाली समुदायको बढ्दो उपस्थिति, नेपाली संस्कृति र पहिचानको संरक्षण तथा नयाँ पुस्तासम्म मौलिक परम्परा हस्तान्तरण गर्ने उद्देश्यले आयोजना हुँदै आएको नेपाली मेला आज बेलायतमा नेपाली समुदायको प्रमुख सांस्कृतिक कार्यक्रमका रूपमा स्थापित भएको छ।
नेपाली मेलाको सुरुवात सन् २००९ मा तमुधीं यूकेको पहलमा नेपाली दूतावास लन्डनको सहकार्यमा भएको हो। सुरुवातमा नेपाली समुदायलाई एउटै ठाउँमा भेला गराई नेपालका विभिन्न जातजाति, भाषा, संस्कृति, भेषभूषा, कला र परम्परालाई बेलायती भूमिमा प्रस्तुत गर्ने उद्देश्य राखिएको थियो।
समयसँगै नेपाली मेला कुनै एक जाति वा समुदायको मात्र कार्यक्रम नभई बेलायतमा रहेका सम्पूर्ण नेपाली समुदायको साझा सांस्कृतिक उत्सवका रूपमा विकास हुँदै गयो। नेपालका विभिन्न समुदाय र संघसंस्थाले आफ्ना मौलिक नृत्य, गीत, झाँकी, भेषभूषा तथा सांस्कृतिक प्रस्तुतिमार्फत नेपालको विविधता प्रदर्शन गर्दै आएका छन्।
नेपाली मेलाको अर्को महत्वपूर्ण पक्ष भनेको बेलायतमा जन्मे–हुर्केका नेपाली नयाँ पुस्तालाई आफ्नो पुर्खाको संस्कृति र पहिचानसँग जोड्नु हो। नेपाली भाषा, कला, संगीत, परम्परागत पोशाक र सांस्कृतिक अभ्यासलाई नयाँ पुस्तासम्म पुर्याउन मेलाले महत्वपूर्ण भूमिका खेल्दै आएको छ। समयसँगै मेलाको आकार र सहभागिता पनि बढ्दै गयो। सन् २०१४ मा आयोजित छैटौँ नेपाली मेलामा हजारौँ नेपाली सहभागी भएका थिए। त्यसपछि हरेक वर्ष मेला अझ व्यापक र व्यवस्थित हुँदै गयो।
सन् २००९ मा सुरु भएको नेपाली मेलाको यात्रा अहिले १७औँ संस्करणसम्म आइपुगेको छ। आगामी दिनमा पनि नेपाली संस्कृति, एकता र पहिचानलाई अझ बलियो बनाउँदै यो मेला निरन्तर अगाडि बढ्ने अपेक्षा गरिएको छ।