वैशाख २ गते २०८३
11:46: AM
वैशाख २ गते २०८३
11:46: AM

पाथीभरामा दुई करोड ९६ लाख बढी भेटी संकलन

वैशाख २ गते २०८३
10:29 am
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा चालु आर्थिक वर्षको नौ महिनामा दुई करोड ९६ लाखभन्दा बढी भेटी रकम संकलन भएको छ । चालु आवको साउनदेखि चैत मसान्तसम्म उक्त रकम संकलन भएको हो ।
पाथीभरा क्षेत्र विकास समितिका अनसार नौ महिमाको अवधिमा कुल दुई करोड ९६ लाख ४२ हजार ६०० रुपैयाँ भेटी संकलन भएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनुभयो ।
समितिका अनुसार नौ महिनाको अवधिमा सबैभन्दा बढी भेटी मङ्सिर महिनामा र सबैभन्दा कम भदौमा संकलन भएको छ । मङ्सिरमा ७५ लाख ४९ हजार १०० रुपैयाँ र भदौमा ९ लाख ९७ हजार रुपैयाँ भेटी संकलन भएको छ ।
यस्तै चैत महिनामा ५८ लाख ४४ हजार ५०० रुपैयाँ, कात्तिकमा ३४ लाख ४८ हजार ५०० रुपैयाँ, असोजमा ३३ लाख ८२ हजार रुपैयाँ, पुसमा २४ लाख २५ हजार रुपैयाँ र साउनमा १० लाख ३९ हजार रुपैयाँ भेटी संकलन भएको समितिले जनाएको छ ।
पाथीभरा दर्शनका क्रममा भक्तजनले चढाउने तथा दान गर्ने भेटी रकम समितिले संकलन गर्दै आएको छ । पछिल्लो समय उक्त विवरण मासिक रूपमा सार्वजनिक गर्ने अभ्याससमेत सुरु गरिएको समितिले जनाएको छ । समितिका अनुसार नेपालका विभिन्न जिल्लाका साथै भारतको सिक्किम, दार्जिलिङ र पश्चिम बंगालबाट पनि पाथीभरा दर्शनका लागि भक्तजन आउने गरेका छन् ।….

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo