भाद्र २६ गते २०८३
09:58: PM
भाद्र २६ गते २०८३
09:58: PM

ताप्लेजुङमा हिमपातको सम्भावना, सतर्कता अपनाउन प्रशासनको आग्रह

कार्तिक ११ गते २०८२
10:07 am
Author Avatar
फक्ताङलुङ दर्पण

आगामी तीन दिन ताप्लेजुङसहितका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात तथा वर्षाको संभावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ ।
जल तथा मौसम विज्ञान विभागद्वारा जारी मौसमी बुलेटिनअनुसार कात्तिक १० देखि १२ गतेसम्म देशका विभिन्न भूभागमा सामान्यदेखि हल्का वर्षा र उच्च क्षेत्रमा हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ । त्यसअनुसार ताप्लेजुङका हिमाली क्षेत्रहरू विशेष जोखिममा पर्ने सम्भावना रहेको प्रशासनले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंले एक सूचना जारी गर्दै पाथीभरा माताको दर्शन तथा अन्य धार्मिक स्थल भ्रमणमा आउने तीर्थालु, पदयात्री, हिमाल आरोहण तथा अन्य काम विशेषले यात्रा गर्ने नागरिकहरूले मौसमी अवस्थाकुसार सावधानी अपनाउन आग्रह गरेका छन् । हिमाली बस्तीमा बसोबास गर्ने स्थानीय, बाहिरी जिल्लाबाट आएका कामदार तथा स्वदेशी–विदेशी पर्यटक सबैले आफू रहेको स्थानको अवस्था निरन्तर ट्र्याकमा राख्न प्रशासनले सुझाव दिएको छ ।
“हिमपातजन्य जोखिमबाट नागरिकको सुरक्षा हाम्रो प्राथमिकता हो । त्यसैले सम्भावित जोखिम भएका क्षेत्रतर्फ यात्रा गर्दा विशेष सजगता अपनाउन सबैलाई अनुरोध गर्दछौं” प्रमुख जिल्ला अधिकारी सेढाईंको भनाइ छ ।
सरोकारवाला निकायहरूले समेत आवश्यक सतर्कता र तयारी अपनाई सुरक्षात्मक उपायहरूमा खटिन प्रशासनले सूचित गरेको छ ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo