श्रावण ११ गते २०८३
11:51: AM
श्रावण ११ गते २०८३
11:51: AM

अलैचीको मूल्य हालसम्मकै उच्च्

कार्तिक १० गते २०८२
1:23 pm
Author Avatar
फक्ताङलुङ दर्पण

देवान सिं मादेन/ताप्लेजुङ

अलैची मूल्य यो वष हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बजार मूल्य वृद्धि भएसंगै किसानहरु उत्साहित भएका छन् ।
ताप्लेजुङको अलैची व्यवसायी कमल बरालका अनुसार सोमबार प्रति मन(४० केजी)को ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । कहिले घट्ने र कहिले बढ्ने क्रम चलिरहेको बेला केही दिनयता निरन्तर बढिरहेको छ । ताप्लेजुङको उत्तरी क्षेत्रमा अत्यधिक रुपले फल्ने यो बाली ताप्लेजुङको स्थानीय आयस्रोतको मुख्य आधार हो ।
गोलसाइ, रामसाइ र जर्मले जस्ता विभिन्न प्रजातिमा रहेको यो अलैचीको मूल्य पनि फरक रहेको छ । ठूला दाना रहेको रामसाइको मूल्य भने अन्यको तुलनामा बढी रहेको छ । सुरुको चरणमै अलैचीको मूल्य गतसाल भन्दा बढी रहेको अवस्थामा यस वर्षको अन्त्य सम्ममा अझ बढेर जाने निश्चित देखिन्छ । अन्तराष्ट्रिय बजारमा यसको माग अत्यधिक रहेकोले मूल्य पनि बढेर गएको भन्ने बझिन्छ । अलैंची खेति यो जिल्लामा पनि अझ व्यापक रुपले विस्तार भइरहेको अवस्था छ ।
ताप्लेजुङको नौ स्थानीय तहमा अलैँची खेती गरिदै आएको छ । फक्ताङलुङ गाउँपालिका—७ ओलाङचुगोला बाहेक ६० वटा वडामा किसानले अलैँची खेती गर्दै आएका छन् ।
नेपालका ४२ जिल्लामा अलैंची खेती हुने गरे पनि कोशी प्रदेशका ताप्लेजुङ, इलाम, संखुवासभा, खोटाङ, भोजपुर र तेह्रथुम जिल्लामा धेरै उत्पादन हुने गरेको छ । कोशी प्रदेशमा सात हजार ५०० हेक्टरभन्दा बढी क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ । आर्थिक वर्ष २०८१÷८२ मा काँकडभिट्टा नाका भएर ७ अर्ब ६७ करोडको अलैँची भारत निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ ।
नेपालमा उत्पादित अलैंचीको ९० प्रतिशत निर्यात हुने गरेको छ । नेपालबाट भारत पुगेको अलैंची त्यहाँबाट ‘ब्रान्डिङ’ भएर विश्व बजारमा पुग्ने गरेको छ। विश्व बजारमा नेपाली अलैँचीले सोझो पहुँच पुर्याउन सकिरहेको छैन ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo