श्रावण ९ गते २०८३
03:37: AM
श्रावण ९ गते २०८३
03:37: AM

आजदेखि शुक्रबार बन्द हुँदै आएको फुङ्लिङ बजार खुला

भाद्र २७ गते २०८२
8:45 am
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजार प्रत्येक शुक्रबार बन्द हुँदै आएकोमा आजदेखि खुला गरिएको छ। दसैँ, तिहार र छठजस्ता चाडपर्व नजिकिँदै गएपछि उपभोक्तालाई किनमेलमा सहजता दिन साप्ताहिक बन्द हटाइएको हो।

ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष विकास गौतमका अनुसार पर्व अवधिभर बजार खुला रहनेछ। यस निर्णयले दैनिक उपभोग्यदेखि चाडपर्वमा आवश्यक वस्तु सहजै खरिद गर्न मद्दत गर्ने उनले बताए।

संघले व्यवसायीलाई ताजा र गुणस्तरीय सामान मात्र बिक्री गर्न आग्रह गरेको छ। म्याद गुज्रेका वा गुणस्तरहीन वस्तु बिक्री नगर्न, कृत्रिम अभाव सिर्जना नगर्न र कालो बजारीजस्ता कार्य नगर्न सबैलाई सचेत गराइएको छ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo