सेफ्टी ट्याङ्कीको खाल्डोमा डुबेर दुई बालबालिकाको मृत्यु
Phaktanglung Darpan
भाद्र २६ गते २०८२
8:42 pm
फक्ताङलुङ दर्पण
सौचालयको सेफ्टी ट्याङ्कीमा जमेको पानीमा पौडी खेल्ने क्रममा दुई बालबालिकाको मृत्यु भएको छ।
पालिकाको केन्द्र साँघुस्थित नारायणी माध्यमिक विद्यालयमा निर्माणाधीन सौचालयको करिब ७–८ फिट गहिरो ट्याङ्कीमा पौडी खेल्दा उनीहरूको ज्यान गएको हो। मृतकहरूमा पालिका–३ थक्लुङटोलका चन्द्र बहादुर थक्लुङका ९ वर्षीय छोरा मौसम लिम्बु र पालिका–४ ताम्राङका लाक्पा शेर्पाकी ९ वर्षीया छोरी याङजु शेर्पा रहेका छन्। याङजु साँघु बजारमा आफ्नी माइजु सुमित्रा शेर्पाको घरमा बस्दै आएकी थिइन्।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रोहित कुमार बढँईका अनुसार दुवै बालबालिकाको शव पोष्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाइएको छ।