ताप्लेजुङ जिल्लाको फुङ्लिङ नगरपालिका र फक्ताङलुङ गाउँपालिकाको सिमानामा पर्ने सिस्ने खोलामा तामोर इनर्जी प्रा.लि.ले निर्माण गरेको बेलिब्रिज आज औपचारिक रूपमा उद्घाटन गरिएको छ।
झण्डै ४ करोड ५० लाख रुपैयाँ लागतमा सम्पन्न उक्त बेलिब्रिज २७.५ मिटर लम्बाइ र ४० टन भार वहन क्षमतायुक्त छ।
उद्घाटन कार्यक्रममा तामोर इनर्जीका प्रतिनिधिहरू, फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू, फुङ्लिङ नगरपालिका–१० का वडा अध्यक्ष सन्तोष लिम्बू, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।
पुल निर्माणसँगै अब फक्ताङलुङ गाउँपालिका तथा आसपासका बासिन्दालाई यातायातमा ठूलो सहजता हुने विश्वास लिइएको छ। यस संरचनाले सवारी साधनको नियमित आवतजावत सुनिश्चित गर्नुका साथै स्थानीय जनजीवनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
पहिले वर्षायाममा खोलाको बढ्दो बहावले गर्दा आवतजावतमा समस्या हुने गरेकामा अब भने स्थायी र भरपर्दो समाधान मिलेको स्थानीयवासीहरूले बताएका छन्।
फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।
यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

मा Scan गर्नुहोला
