असार २८ गते २०८२
03:16: AM
असार २८ गते २०८२
03:16: AM

फुङलिङ–८ का उत्कृष्ट ७ शिक्षक सम्मानित

असार १९ गते २०८२
8:20 pm
Author Avatar
फक्ताङलुङ दर्पण

फुङलिङ नगरपालिका–८ मा रहेका सात वटा विद्यालयका उत्कृष्ट शिक्षकहरूलाई वडाले नगदसहित सम्मान गरेको छ। वडाले प्रत्येक विद्यालयबाट एक–एक जना गरी सात शिक्षकलाई छनोट गरी सम्मान गरेको हो।

वडा अध्यक्ष क्षितिज सुनुवारका अनुसार प्रत्येक शिक्षकलाई नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको हो। सम्मानित हुनेमा श्री सिद्धकाली माध्यमिक विद्यालयका अम्बर कुमार राई, मेवाराजा आधारभूत विद्यालयका टेकनाथ निरौला, विद्याज्योति आधारभूत विद्यालयका इन्द्र गुरुङ, काभ्रे आधारभूत विद्यालयकी पवित्रा गुरुङ, यलम्बर आधारभूत विद्यालयकी देवीमाया गौतम (नेपाल), जलकल्याण आधारभूत विद्यालयकी तारा अधिकारी (गौतम) र शिवालय आधारभूत विद्यालयका धना नेपाल रहेका छन्।

त्यसैगरी, प्रत्येक विद्यालयबाट विद्यालय व्यवस्थापन समिति (एसएमसी) अध्यक्ष र शिक्षक–अभिभावक संघका अध्यक्षलाई समेत सम्मान गरिएको छ। मेवाराजा विद्यालयका एसएमसी अध्यक्ष मनोज पालुङवा र सोही विद्यालयका शिक्षक–अभिभावक संघ अध्यक्ष महेश सुनुवारलाई पनि नगद १० हजार रुपैयाँसहित सम्मान गरिएको हो।

वडा अध्यक्ष सुनुवारका अनुसार शिक्षकहरूको मेहनत, जिम्मेवारी र प्रतिबद्धतालाई प्रोत्साहन गर्न तथा शिक्षा क्षेत्रमा सकारात्मक प्रेरणा जगाउन सम्मान कार्यक्रम आयोजना गरिएको हो।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo