भाद्र २६ गते २०८३
10:02: PM
भाद्र २६ गते २०८३
10:02: PM

नेपाली कांग्रेस सिरिजंघा सिनाम हङकङ सम्पर्क समितिद्धारा बिरामीहरुलाई उपचार खर्च प्रदान

भाद्र ७ गते २०८०
8:58 pm
Author Avatar
फक्ताङलुङ दर्पण


देबेन्द्र बानियाँ÷ताप्लेजुङ
ताप्लेजुङ नेपाली कांग्रेस सिरिजङ्गा गाउँपालिका—१ सिनाम हङक सम्पर्क समितिको पहलमा सिनामका विभिन्न क्षेत्रमा रोगसंग लडिरहेका तर उपचार गर्न आर्थिक जुटाउन नसकेका स्थानीय विर बहादुर थेबे लिम्बू,बुद्धि कुमार इवारम लिम्बू, भीम खत्री र सन्तोष थेबे लिम्बूलाई उपचारका लागि ५० हजार प्रदान गरिएको छ भने फुलमाया थेबे लिम्बू लाई उपचाररत खर्च १५ हजार प्रदान गरिएको नेपाली कांग्रेस सिनाम हङ्कङ सम्पर्क समितिका संयोजक वसन्त लिम्बूले फक्ताङ्लुङ दर्पणलाई जानकारी दिनुभयो।
उपचार गर्दा गर्दै घरको आर्थिक कमजोरी भएका स्थानीयलाई थोरै भए पनि बिरामिहरुलाई मलमट्टी गर्ने उदेश्यले सहयोग प्रदान गरिएको संयोजक लिम्बूले बताउनुभयो।
लिम्बूको नेतृत्वमा आर्थिक सङ्कलन गरिएको हो। लिम्बूले सहयोगी मनका धनी सबै प्रति धन्यवाद ज्ञापन गरेका छन्। सङ्कलनबाट जम्मा भएको रकम दुइलाख लाख १५ हजार रुपैयाँ नै प्रदान गरिएको बताइएको छ। सो रकम नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता प्रदान गरिएको बताइएको छ ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo