असार २९ गते २०८२
12:55: PM
असार २९ गते २०८२
12:55: PM

बेलायतको आस्फोर्डमा किरात धर्मालम्बीहरूको सामुहिक सेवा सम्पन्न

जेठ १९ गते २०८२
10:37 pm
Author Avatar
फक्ताङलुङ दर्पण

सिक्कुम फुरुम्बो चरपे, बेलायत

किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेको आयोजनामा वार्षिक सामुहिक साक्मुरा वदेमा (गालिश्रप बहन्ती) तथा उभौली खिवेक्वा याक्वा, लाधुङ र नाम्धुङसेमी सेवा गत ३१ मे २०२५ का दिन बेलायतको केन्टस्थित आस्फोर्डको भिक्टोरिया पार्कमा सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथि आस्फोर्ड केन्ट बोरो काउन्सिलकी मेयर लिन सडड्रर्डस रहनुभयो। विशेष अतिथिका रूपमा किरात याक्थुङ चुम्लुङ युकेका केन्द्रीय अध्यक्ष कमला सेन्दाङ, तथा अन्य विशिष्ट अतिथिहरूमध्ये पहिचानवादी मोर्चा युकेका प्रमुख सचिव लाहाङ चेम्जोङ, किरात याक्थुङ चुम्लुङ युकेका पूर्व उपाध्यक्ष गणेश इजम, एनआरएन उपाध्यक्ष विश्वासदिप तिगेला, लिम्बुवान नागरिक समाज युकेका अध्यक्ष छत्र वनेम, किरात याक्थुङ चुम्लुङ आस्फोर्ड अध्यक्ष सुन्दर लिङथेप, फोक्टेन अध्यक्ष ज्ञानबहादुर लिम्बु, गोर्खा पिस फाउन्डेशनका अध्यक्ष भीम तुम्वाहाङफे, किरात राई यायोक्खा आस्फोर्डकी अध्यक्ष शिवानी लिम्बु, BIGESS प्रतिनिधि तथा सीईओ राजेन्द्र नेम्बाङ, एभरोष्ट सेक्रेटरी गोकर्ण लिम्बु, मुक्कुमलुङ संरक्षण युकेका सहकोषाध्यक्ष जीतन्द्र चेम्जोङलगायतको उपस्थिति थियो। अतिथिहरूलाई सेवा व्यवस्थापन संयोजक निर्मल पतङवाले खदा अर्पण गरेर स्वागत गरेका थिए।

किरात माङसेवा सभाका तर्फबाट प्रमुख माङसेवा साबा तथा किरात साम्यो माङसेवा साबा पान्जुभो युकेका अध्यक्ष मंगलसिंह लिङदेनको संयोजनमा सेवा सञ्चालन गरिएको थियो। बेलायतभरिका माङसेवा सवाहरूको बाक्लो सहभागितामा किरात सामूहिक मुन्धुमअनुसार साक्मुरा गालिश्रप बहन्ती, उभौली याक्वा–खिवेक्वा सेवा, तथा विश्व शान्ति, मानव एकता र सकल प्राणीको रक्षार्थ लाधुङ, नाम्धुङसेमी सेवा सम्पन्न गरिएको थियो।

संस्थाका अध्यक्ष राजेन्द्र खिम्दिङको अध्यक्षता रहेको उक्त कार्यक्रम सचिव पर्वत राई र सहसचिव टेक माबोहाङ निराजले सञ्चालन गरेका थिए। किरात धर्मालम्बीहरूको उत्साहजनक उपस्थिति रहेको यो वार्षिक कार्यक्रम बेलायतमा बसोबास गर्ने किराती समुदायबीच सामुदायिक एकता, संस्कार र परम्परा प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष आयोजना हुँदै आएको छ।

किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति युकेले महागुरु फाल्गुनन्द लिङदेनज्युको जन्मजयन्ती, सामुहिक माङगेन्ना, र साक्मुरा उभौली खिवेक्वा याक्वा लगायतका कार्यक्रमहरू नियमित रूपमा आयोजना गर्दै आएको छ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo