काठमाडौं । नेपाली कांग्रेसले राजसंस्था पुनर्स्थापनाको अभियान व्यर्थ भएको भन्दै राजतन्त्रको सपना नदेख्न चेतावनी दिएको छ ।
Phaktanglung Darpan
वैशाख १२ गते २०८२
3:58 pm
फक्ताङलुङ दर्पण
शुक्रवार प्रतिनिधि सभामा बोल्दै प्रमुख सचेतक श्यामकुमार घिमिरेले राजालाई फर्काउने आन्दोलनबाट देशको कल्याण नहुने बताए । “चिना टिप्पण नहेरे हुन्छ,” भन्दै उनले यस्ता प्रयास निष्फल हुने दाबी गरे ।
उनले नेपाली कांग्रेसलाई संवैधानिक राजतन्त्र र प्रजातन्त्रबारे कोहीले पाठ पढाउन नखोज्न आग्रह गर्दै भने, “हामीले राजतन्त्रको अभिशप्त इतिहास उल्ट्याएर गणतन्त्र ल्याएका हौँ।”
राजतन्त्र संविधान मानेर बस्ने स्वभाव नभएकाले देश गणतन्त्रमा गएको र त्यसका लागि स्वयं राजतन्त्र जिम्मेवार भएको घिमिरेको भनाइ थियो ।