श्रावण १० गते २०८३
06:58: AM
श्रावण १० गते २०८३
06:58: AM

अविरल वर्षाले ताप्लेजुङवासी त्रासमा

भाद्र ४ गते २०८०
7:56 am
Author Avatar
फक्ताङलुङ दर्पण

पछिल्लो दुई दिनयतादेखि पनि अविरल वर्षा हुन थालेपछि ताप्लेजुङवासी त्रासमा रहेका छन् । गत असार पहिलो साता भीषण वर्षासँगै गएको बाढीपहिरोको पीडा सेलाउन नपाउँदै पुनः त्यही समयमाजस्तै वर्षा हुन थालेकाले जिल्लावासीमा त्रास छाएको हो ।
ताप्लेजुङमा दिनहुँजसो वर्षा हुँदै आए पनि २४ घण्टामा सामान्य वर्षा हुने र मौसम खुल्ने क्रम रहेको थियो । सनिवार रातिदेखि भने निरन्तर अर्थात अविरल वर्षा हुन थालेपछि पुनः बाढी र पहिरो जान सक्नेभन्दै जिल्लावासी त्रसित भएका हुन् ।
जिल्लाको सिदिङ्वा गाउँपालिका, सिरिजङ्घा गाउँपालिका र मैवाखोला गाउँपालिकाका बासिन्दा अहिले सबैभन्दा बढी त्रसित बनेका छन् । यसअघि असार पहिलो साता वर्षासँगै गएको बाढीपहिरोले जिल्लाका नौ स्थानीय तहमध्ये उक्त तीनवटा पालिकामा बढी क्षति गरेका कारण यहाँका स्थानीय त्रसित छन् ।
मानवीय क्षतिसमेत बेहोरेका उक्त स्थानीय तहका केही स्थानहरु पहिरोको उच्च जोखिममा रहेका छन् । यहाँका दर्जनौं परिवार विस्थापित भएका छन् भने पहिरोले गाउँबस्ती चिराचिरा परेपछि जोखिमयुक्त अवस्थामा बस्दै आएका स्थानीयमा अविरल वर्षा सुरु भएपछि त्रास छाएको बताइएको छ । निरन्तर पानी पर्न थालेपछि पहिरो जान सक्ने सम्भावना भएकाले सुरक्षित ठाउँको खोजीसँगै जाग्राम बस्नुपर्ने अवस्था आएको सिदिङ्वा गाउँपालिका–६ मेहेलेका एक स्थानीयले जानकारी दिनुभयो ।
गत असार २ गते गएको पहिरोमा परी मेहेलेमा तीन जनाको मृत्यु भएको थियो भने एकै परिवारका तीनजना बेपत्ता हुनुभएको छ । सो समयको बाढीपहिरोका कारण वडा–६ मेहेलेसहित सिदिङ्वा गाउँपालिकामा ३० घर पूर्णरुपमा क्षति भएका थिए भने ४९ घरपरिवार उच्च जोखिम र ७४ घरपरिवार जोखिमा परेका छन् ।
त्यस्तै सिरिजङ्घा गाउँपालिकामा पाँच घर पूर्ण क्षति, ७६ घर उच्च जोखिम र ५९ घरपरिवार जोखिममा रहेका छन् । मैवाखोला गाउँपालिकामा पहिरोले एक घरमा पूर्ण क्षति पु¥याउँदा २७ घर उच्च जोखिम र ४२ घरपरिवार जोखिममा रहेका जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको तथ्याङ्क रहेको छ । त्यसबेला बाढीपहिरोले पुरिएर १०२ वटा पशुचौपाया मरेका थिए ।
बाढीपहिरोका कारण मोटरेवल पुल, झोलुङ्गे पुल, जलविद्युत आयोजना, सरकारी भवन, विद्यालय भवनलगायत थुप्रै भौतिक संरचनामा क्षति पुग्दा करोडौं रुपियाँ बराबरको नोक्सानी भएको छ । यता पछिल्लो २४ घण्टा अर्थात आइतबार बिहान ८ः४५ देखि सोबार बिहान ७ः३६ बजेसम्ममा ताप्लेजुङमा २०.४ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान कार्यालय धरान, ताप्लेजुङ फिल्ड कार्यालयले जनाएको छ । वर्षाको क्रम भने अहिले पनि जारी रहेको छ ।…

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo