श्रावण १० गते २०८३
06:58: AM
श्रावण १० गते २०८३
06:58: AM

व्यावसायिक कोदोखेतीतर्फ आकर्षण: सुनसरीका किसानहरूको रोजाइमा कोदो

कार्तिक २२ गते २०८१
9:54 am
Author Avatar
फक्ताङलुङ दर्पण

सुनसरी, बराहक्षेत्र – बराहक्षेत्र नगरपालिका–६ का अधिकांश किसानले कोदोखेतीलाई प्राथमिकता दिँदै आएका छन्। पहिले धान र मकै खेती गरिने खेतबारीमा अहिले कोदो रोप्ने चलन बढ्दै गएको छ। स्थानीय किसान अम्मरबहादुर विश्वकर्माले सात कठ्ठा जग्गामा नियमित रूपमा कोदो खेती गर्दै आएको र यसैबाट सन्तोषजनक आम्दानी भइरहेको बताए।

“कोदोको उत्पादन सजिलो र आम्दानी पनि राम्रो हुने भएकाले मैले यो खेती रोजेको हुँ। यसबाट घर खर्च धान्न र केही बचत गर्नसमेत पुगेको छ,” विश्वकर्माले भने। कोदोबाट घरेलु मदिरा र तोङ्बा बनाएर पनि थुप्रै किसानले आयस्रोत बढाएका छन्।

शान्ता घिमिरे, अर्की किसान,ले पनि धान र मकैभन्दा कोदो खेती लाभदायक भएको बताइन्। “धान र मकैमा रोग र कीराको जोखिम हुन्छ तर कोदोमा कम मात्रामा यस्तो समस्या देखिन्छ, र आम्दानी राम्रै हुन्छ,” उनले भनिन्। उनले उत्पादन भएको कोदो धरान, इटहरी, इनरुवा लगायतका बजारमा बिक्री गर्दै आएकी छिन्।

किसान नारायण विकले १६ कठ्ठा जग्गामा कोदोखेती गर्दै आइरहेका छन्। उनी पाँच वर्षयता मकै र धान खेती छोडेर कोदोखेतीमा लागेका छन्। विकका अनुसार कोदो बिक्रीका लागि बजार सजिलै उपलब्ध हुन्छ। एक केजी कोदोको मूल्य ७० देखि १०० रुपैयाँसम्म पर्छ भने तोङ्बा प्रति कप १५० रुपैयाँमा बिक्री हुन्छ।

किसानहरूले स्थानीय र प्रदेश सरकारबाट बीउ अनुदान र अन्य सहयोगको अपेक्षा राखेका छन्।

जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार, सुनसरीमा हाल ४५८ हेक्टरमा कोदोखेती भइरहेको छ। उत्पादन राम्रो भएको र घरेलु मदिरा, तोङ्बा, तथा कोदो पिठोका कारण आम्दानीमा वृद्धि भएको सूचना अधिकारी प्रविनलाल श्रेष्ठले बताए।

सुनसरीको बराहक्षेत्र र धरान उपमहानगरपालिकाका विभिन्न वडामा कोदोखेती विस्तार भइरहेको छ। यसमा क्याल्सियम, म्याग्नेसियम, भिटामिन बी, एन्टिअक्सिडेन्टजस्ता स्वास्थ्यवर्धक तत्व पाइने हुँदा यसलाई लाभदायक मानिन्छ। RSS

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo