श्रावण १० गते २०८३
08:37: AM
श्रावण १० गते २०८३
08:37: AM

हेवाखोलामा बेलिव्रिज बगाएपछि अस्थायी फड्के पुल निर्माण

असाेज १६ गते २०८१
2:58 pm
Author Avatar
फक्ताङलुङ दर्पण

मेची राजमार्ग अन्तरगत ताप्लेजुङ जोडने सडक खंडकको पाँचथरको हेवालखोला अस्थायी फड्के पुल निर्माण गर्न थालिएको छ । गत सनिवार पहिरोले बेलिव्रिज बगाएसंगै जाउजाउ गर्नका लागि फड्के पुल बनाउन थालिएको हो
पाँचथर जिल्लाको हेवाखोलास्थित बेलिव्रिज बाढीले बगाएपछि आवतजावतमा ठूलो अवरोध उत्पन्न भएको छ। विशेषगरी बिरामी, ज्येष्ठ नागरिक, बालबालिका, र अशक्त व्यक्तिहरूलाई यात्रा गर्न अत्यधिक कठिनाइ भएको छ । यो समस्या समाधान गर्न शशस्त्र प्रहरी बल र नेपाली सेनाको टोलीले मान्छे हिँड्न मिल्ने अस्थायी फड्के पुल निर्माणको काम तिव्र गतिमा अघि बढाइरहेका छन् ।
शशस्त्र प्रहरी बल नेपाल नं. १ हेडक्वाटर कञ्चनजंघा गुल्मका शशस्त्र प्रहरी नायव उपरीक्षक नरेश मर्हजनका अनुसार, बिहीबार साँझसम्म अस्थायी पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसका लागि बुधबार बिहान ६ः३० बजेबाट निर्माण कार्य सुरु भएको हो । निर्माणाधीन पुलको चौडाइ ४ फिट र लम्बाइ ५३ मिटर रहनेछ । नेपाली सेनाको रणशेर गण पाँचथरका सेनानी बिमल राउतको नेतृत्वमा रहेको टोली र शशस्त्र प्रहरी निरीक्षक पशुपति पुरीको टोलीले संयुक्त रूपमा पुल निर्माण गरिरहेका छन् । बाढीले बेलिव्रिज बगाएपछि ताप्लेजुङ र पाँचथरका याङवरक र हिलिहाङ गाउँपालिकासहित विभिन्न स्थानका सडक सम्पर्क विच्छेद भएको छ । बासिन्दाहरू यात्रा गर्न असहज भएको हुँदा कतिपयले वैकल्पिक मार्गहरू प्रयोग गर्न बाध्य भएका छन् । सडक डिभिजन कार्यालय इलामले डाइभर्सन निर्माण गर्न एक हप्ताको समय लाग्ने जनाएको भए पनि हालसम्म कुनै कार्य सुरु भएको छैन । यसैबीच, अस्थायी पुलले यात्रुहरूलाई केही राहत दिने आशा गरिएको छ, तर दीर्घकालीन समाधानका लागि डाइभर्सन निर्माण आवश्यक रहेको बताइएको छ ।…

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo