वैशाख ६ गते २०८२
05:14: PM
वैशाख ६ गते २०८२
05:14: PM

ताप्लेजुङको फक्ताङ्लुङमा वर्षाका कारण घरमा क्षति

भाद्र ९ गते २०८१
12:28 pm
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा वर्षासँगै गएको पहिरोले एक घरमा ठूलो क्षति पुर्याएको छ । शनिबार साँझबाट सुरु भएको अविरल वर्षाका कारण फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिमस्थित मिक्खोक याक्पा टोलका स्थानीय पूर्ण शेर्पाको घर पहिरोले पूर्णरुपमा क्षतिग्रस्त भएको हो ।
फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति)का अनुसार शेर्पाको घर माटो, ढुंगा र जस्तापाताको प्रयोग गरी बनेको थियो । घरमाथिदेखि झरेको पहिरोले घरलाई पूर्णरुपमा ध्वस्त बनाएको छ । तर, पहिरो सुरु हुनुअघि नै शेर्पाको परिवारले भाग्न सफल भएकाले कुनै मानवीय क्षति हुन पाएन । अहिले पीडित परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ र उहाँहरू छिमेकीको शरणमा बसिरहेका छन् । गाउँपालिकाले पहिरोले पुर्याएको क्षतिको विस्तृत विवरण संकलन गरिरहेको जानकारी दिएको छ । यस घटनाले पुनः खेजेनिम क्षेत्रको पहिरो जोखिमलाई उजागर गरेको छ । यसअघि, गत असारको पहिलो साता पनि खेजेनिम क्षेत्रमा गएको पहिरोमा गाउँपालिका उपाध्यक्ष रवीन साम्रा लिम्बूको घर बगेको थियो, जसमा उनका बाबु, आमा, र दुई बहिनीको मृत्यु भएको थियो ।
गाउँपालिकाले पहिरो प्रभावित क्षेत्रहरूमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । साथै, पीडित परिवारलाई तत्काल राहत र पुनर्स्थापनाको व्यवस्था गर्ने प्रयास भइरहेको जनाएको छ ।

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo