कार्तिक ८ गते २०८३
11:57: PM
कार्तिक ८ गते २०८३
11:57: PM

ताप्लेजुङमा नागरिता त्याग गर्नेको संख्य बढ्दो

श्रावण १७ गते २०८१
6:13 am
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङमा पछिल्लो समयमा नेपाली नागरिकता त्याग गर्नेको संख्या बढ्दै गएको छ । अन्य देशहरुमा स्थायी बसोबास गर्नका लागि नेपाली नागरिता त्याग गर्न थालेको हो ।
जिल्ला प्रसाशन कार्यालयका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी टंक भट्टराईका अनुसार नेपाली नागरिकता लिएका हालसम्म ३१ जनाले त्याग गरेका छन् । नागरिकता ऐन २०६३ जारी भएपछि नागरिकता प्राप्त गरेका नेपाली नागरिकले नागरिकता त्यागेको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ । सहाय प्रजिअ भट्टराइका अनुसार गत आर्थिक वर्ष २०८०÷८१ मा पाँच जनाले नागरिकता त्यागेका छन् । गत आवभन्दा अघि २६ जनाले नेपाली नागरिकता त्याग गरेका थिए । नेपाली नागरिकता त्याग गर्नेमध्ये अधिकांश बेलायत, हङ्कङ र भारत सहितका देशमा बसोबास गर्दै आएका छन् । नेपाल बाहिर बसोबास गर्दै आएकाले नेपाली नागरिकता प्रमाणपत्र त्याग गर्नुपरेको उनीहरुले कारण नागरिता त्याग गरेको जिल्ला प्रसाशन कार्यालय ताप्लेजुङले जनाएको छ ।…

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo