वैशाख ६ गते २०८२
05:15: PM
वैशाख ६ गते २०८२
05:15: PM

फक्ताङलुङ गाउँपालिका केन्द्र पहिरोले क्षति

श्रावण ४ गते २०८१
7:26 am
Author Avatar
फक्ताङलुङ दर्पण

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका केन्द्र आसबास क्षेत्रमा पहिरोले क्षति गराएको छ । गए रात वर्षासंगै गएको पहिरोले गाउँपालिकाको सभा हल सहित गाउँपालिकाको आसबास क्षेत्रमा रहेको घरहरुमा क्षति गराएको हो ।


अविरल वर्षासंगैे रातको २ बजे गरएको बाढी पहिरोले फक्ताङलुङ गाउँपालिका केन्द्रसंगै रहेको घरहरुमा क्षति भएको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताउनुभयो ।

लिम्बूका अनुसार गाउँपालिको सभाहल क्षति भएको छ । त्यस्तै गाउँपालिकाको कार्यालयसंगै रहेको सुवास लिम्बूको घर तथा होटल पूर्ण रुपमा क्षति भएको छ ।

पार्कीङ गरिएर राखिएको गाउँपालिकाको गाडी र मोटर साईकले समेत पहिरोको लेदोले पुरिएको गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताउनुभयो । लिम्बूले भन्नुभयो“सामान्य पहिरो रातको १२ बजे देखि सुरुभएको थियो ।

ठुलो पहिरो चाही रातको २ बजे देखि ३ बजे सम्म भएको थियो । पालिका केन्द्र आसबास क्षेत्रमा रहेको नगरिकहरु समयमै सुरक्षित क्षेत्रमा समयमै जान सफल भएकाले मानविय क्षतिबाट बच्न सकियो ।” बिजुलीको पोलहरु बगाएको गाउँपालिकाले जनाएको छ ।

पशुचौपाय पहिरोले परेको र अन्य क्षतिको बिरवण संकलन हुन बाँकी रहेको तापेथोक प्रहरी चौंकी इन्चार्ज सुरेश सिंजालीले बताउनुभयो । उहाँले भन्नुयो“हाम्रो प्रहरी चौंकी समेत उच्च जोखिममा परेको छ । माथीबाट पहिरो आउँन थाल्यो छेउँमा रहेको तमोर नदीको पानीको तह बढ्दै गएकाले बाढी पहिरोको घेरामा तापेथोक रहेको छ ।” …

रिप्लाई गर्नुहोस

फक्ताङलुङ्ग दर्पण पढ्नुभएकोमा धन्यवाद यसलाई जीवित राख्नकोलागि तपाइँको आर्थिक सहयोग महत्वपूर्ण हुन्छ।

यहाँहरुबाट प्रप्त रकमलाई सम्बन्धित क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जाहेर गर्दछौं।

fonepay

मा Scan गर्नुहोला

qr-logo